नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विरोधी हर्कत गरेपछि उनलाई संस्थापन पक्षले हेपेको छ । नेकपा एमालेको केपी ओली समूहले आज पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रम राखेको छ ।साउन १५ गतेको अवसर पारेर राखिएको खीर खाने कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भने निम्ता गरिएको छैन । एमालेको कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सबै नेताहरुलाई खीर खान निम्तो गरेको बताएपनि नेपाल पक्षले भने अहिलेसम्म निम्तो नआएको जनाएको छ ।
एमालेको नेपाल पक्ष नेता रघुजी पन्तले अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र निम्तो पनि नआएको बताए । उनले आफू घरमा आराम गरेर बसिरहेको र पार्टी कार्यालयमा के हुँदैछ त्यसबारे अनभिज्ञ रहेको बताए ।नेपाल समूहका कुनैपनि नेता पार्टी कार्यालयमा खीर खाने कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी ओली नियमित रुपमा पार्टी कार्यालय जान थालेका छन् भने पार्टी गतिविधिमा पनि सक्रियता जनाउन थालेका छन् ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस