महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ । महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो।
सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ।ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु हानिकारक हुन्छ महिलाहरुले रातमा झठा भाँडाहरु भान्छामा राख्नुहुँदैन। यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ।
यी काम गरेमा फाइदा हुनेछ ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ।
यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ। यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ।
रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ। यसले धन लाभ गर्छ राती सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस्। यसले घरमा सुख–समृद्धिको बास गराउँछ। खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ।
यसैगरी घरमा सुख, शान्ति छाओस् भनेर हामी घरमा भगवानको पुजा,अराधना गर्छौं। शान्ति, शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने र भगवानको दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ।
भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं। त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं। हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ । हामीले घरमा पुजा, आरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन।कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि घरमा राख्नु अशुभ मानिन्छ ।
हेनुहोस् यी देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छःनटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो । शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन । यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।
काली हिन्दु देवी पार्वतीको भयड।कर रुप हो काली क्रोध अवस्थाको महाकालीको मूर्तिले घरमा नकारात्मक शक्ति प्रवाह गर्छ। परिणाम स्वरुपमा घरमा कलह, दुःख, कष्ट र पारिवारीक संकट आउँछ । त्यसैले महाकाली शक्ति वा फोटो घरमा राख्नु हुँदैनमुङ माला लगाएको महाकालीको फोटो घरमा राख्नुभयो भने तपाईको बच्चाको दिमागमा नकारात्मक उर्जा प्रवेश गर्छ । उनिहरुमा नकारात्मक सोच भरिन सक्छ । त्यसैले कहिल्यै पनि खप्परको माला लगाएको मुर्ति पनि घरमा नरनख्नुहोस् ।
वास्तुशास्त्र अनुसार घरमा शिवलिंग स्थापना गर्नु हुँदैन शनिदेवको मुर्ति फोटो पनि घरमा राख्नु हुँदैन । शनिदेवलाई एकान्त प्रेमी, उदास र बैरागीको देवता मानिन्छ राहु र केतु ग्रह शान्तिका लागि ज्यातिषशास्त्र अनुसार ज्योतिषहरुले राहु र केतुलाई पुजा गर्न सल्लाह दिन्छन् तर राहु केतुको मुर्ति, फोटो घरमा राख्नु हुँदैन।
भैरव भगवान शिवको रिसाह रुप हो । त्यसैले भैरवको मुर्ति तथा फोटो भुलेर पनि घरमा नराख्नुहोस् कतिपय मानिसहरु आफ्नो दिवगंत पितृ अथवा माता, पिताका फोटोहरु घरको मन्दिरमा राखेर पुजा गर्ने गर्दछन् । माता पितालाई सम्मान गर्नु राम्रो हो । तर यसरी मन्दिरमा राखेर पुजा गर्नु अशुभ मानिन्छ । किनकि देवता र पितृ एक ठाउँमा बस्ने चिज होइनन् ।
गणेश, लक्ष्मी र सरस्वतीको उभिएको मुर्ति वा तस्बीर घरको मुर्तिमा राख्नु हुँदैन पुजा कोठामा एकै देवताका दुई मूर्ति पनि राख्नु हुँदैन। यसो गरे परिवार र आफन्तसँग मनमुटाव हुन जान्छ ।पुजा कोठामा हनुमानको फोटो पनि राख्नु हुँदैन । घरमा अशान्ति र भाँडभैलो मच्चिन सक्छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस