काठमाडौं। नेकपा एमालेमा विवाद समाधानका लागि दूई पक्षहरुको पहल जारी रहेका बेला अध्यक्षमा केपी शर्मा ओलीमाथि गम्भीर आरोप लागेको छ । नेता मेटमणि चौधरीले अध्यक्षमा ओलीमाथि एमाले धूलोपिठो पार्न लागिपरेको आरोप लगाएका हुन् । एमाले धूलोपिठो भएमा सिंगो कम्युनिष्ट आन्दोलन सकिने उनको भनाई थियो ।देश, संविधान र कम्युनिष्ट आन्दोलनको खातिर ओली बिनाको एमाले निर्माणमा जुट्नुपर्ने भन्दै माधवकुमार नेपाल समूहमा रहेका चौधरीले सके ओलीलाई हटाएर एकता जोगाउने नसके ४० प्रतिशत सदस्य पुर्याएर अर्को पार्टी बनाउने आफूहरुको स्पष्ट बटमलाइन रहेको बताए । याे पनि :नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भोली बस्ने स्थायी कमिटीको बैठकबाट माधव समूहसँग वारपार हुने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरे ।सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’उनले बैठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए ।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भोली बस्ने स्थायी कमिटीको बैठकबाट माधव समूहसँग वारपार हुने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरे ।‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’उनले बैठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस