नेपाली कांग्रेसका सभापती शेरबहादुुर देउवा नेतृत्वको सरकारको फेरि एकपटक चौ’तर्फी प्रशंसा हुने सं’केत देखिएको छ । नेपाललाई लोडसे’डिंग मु’क्त गराएर उज्यालो नेपालको नायकको उपाधी पाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी भित्री रुपमा सुरु भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउने तयारी थाल्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।ऊर्जा मन्त्रालय श्रोतका अनुसार त्यससम्बन्धी फाइल उठाउने काम सुरु भइसकेको छ । घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम सकिएलगत्तै पुनः जिम्मेवा’री दिने गरी काम अघि बढेको प्रच’ण्डका एक सचिवालय सदस्यले जानकारी दिए । विद्युत प्राधिकरणको वार्षिकोत्सव भदौ १ मा हो ।
घिसिङ प्रचण्डनिकट मानिन्छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई ०७३ भदौ २९ गते चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेका थिए । २०७८ भदौ २८ मा कार्यकाल सकाएर घिसिङ घर गएका थिए ।लोडसेडिङ अन्त्य र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि भूमिका खेलेको भन्दै घिसिङ जनतामाझ लोकप्रिय छन् । सरकार परिवर्तनसँगै घिसिङलाई पुनः प्राधिकरणको नेतृत्व दिन जनस्तरबाट माग उठ्न थालेको छ ।तत्कालीन ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । तर, प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण उक्त प्रस्ताव मन्त्रिपरिषदको एजेण्डामा राखिएन ।
घिसिङलाई पुनः प्राधिकरणको नेतृत्वमा निरन्रतता दिन चाहेको र मन्त्रिपरिषदमा प्रस्ताव लगेको अभिव्यक्ति दिएपछि ओलीले मन्त्री पुनलाई बालुवाटार बोलाएर हप्काएका थिए । तत्कालीन नेकपा अध्यक्ष प्रचण्डले पनि घिसिङको निरन्तरताका लागि ओलीलाई दबाब दिएका थिए । तर, ओली तयार भएनन् ।आममानिसले घिसिङको पुनर्नियुक्तिका लागि दबाब दिए पनि ओलीले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका थिए । ओलीले राम्रो काम गरेर प्रसिद्धि कमाएका घिसिङलाई रोकेर सालोलाई प्राधिकरणको जिम्मेवारी दिएको भन्दै चर्को आलोचना भएको थियो । यद्यपि इलामका स्थायी बासिन्दा शाक्य ओली पत्नी राधिका शाक्यका नातेदार भने होइनन् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस