सरकारले रोजगारीका लागि इजरायल जना चाहनेका लागि आवेदन माग गरेको छ ।नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार शुरुमा १ हजार जनाका लागि रोजगारी खुलाएको हो ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो ।इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपालीहरुले आवेदन दिन सक्नेछन् ।सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो ।१ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् ।विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाइएकाे छ ।कसले दिन पाउँछन आवेदन?२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलो तौल भएको हुनुपर्नेछ भने कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्नेछ ।विगतमा इजरालयलमा गइ काम नगरेको तथा बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस