सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो ।
विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।
पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।
गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस