माधव नेपालको नयाँ पार्टी , सरकारमा जाने भएपछि रोकियो नयाँ मन्त्रीको सपथ !वर्तम्मान सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको माधव नेपाल पक्ष रातारात युटर्न भएको छ । नेकपा (एमाले) का माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका हुन्।चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे।
आज राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं। म यहीँबाट घोषणा गर्न चाहन्छु यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भैराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ।एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ।
तर, हामी यो रिस्क मोल्न चाहँदैनौं। यसको लागि फेरि पनि बृहत टाइपको कम्युनिष्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमालेभित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिष्ट पार्टीहरू छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिष्ट आन्दोलनसँग आइडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ।’
साक्षात्कारमा बोल्दै उनले आफ्नो समूह आजरभोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्। उनले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुने पनि जानकारी दिए। उनले भने,‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन। तर, समानुपातिक प्रतिनिधित्व हुनु नै पर्छ। सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं।’ उनले सरकारमा सहभागी हुनेबारे सम्भवतः आजै निर्णय हुने पनि जानकारी दिए। यदि आज नभए आउने हप्तासम्म सरकारमा सहभागी भैसक्ने उनको भनाइ छ। रास्ट्र्य अनलाइन न्युज बाट साभार
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस