काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेवोन)ले तीन जलविद्युत कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।
तीन कम्पनीलाई कुल १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमित दिएको हो ।
बोर्डबाट ङादी हाइड्रोपावर, साहस उर्जा र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएका हुन् ।
तीनै वटा कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् ।जसमध्ये ङादी हाइड्रोपावरले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । उक्त आईपीओ निष्काशनका लािग कम्पनीले साउन ११ गते अनुमति पाएको हो । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी साहस उर्जा लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख आईपीओ निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट साउन १४ गते अनुमति पाएको हो । बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी बुद्धभूमि नेपालले १२ करोड रुपैयाँ बारबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न साउन १४ गते बोर्डबाट अनुमति पाएको छ । बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस