पाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सरकारले आफ्नो राजीनामा मागेको बारे आज ठूलो कदम चाल्न लागेका छन् । बुधबार औपचारिक धारणा राख्ने र आगामी कदम चाल्नेबारे जानकारी दिने स्रोतले बताएको हो ।शाक्यनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले नभई ऊर्जामन्त्री पम्फा भुसालले आफ्नो राजीनामा माग गरेको शाक्यको भनाइ छ। ‘प्रधानमन्त्री देउवाले बालुवाटारमा ऊर्जामन्त्री भुसाललाई बोलाएर राजीनामा गर्न लगाउनुभएको होइन’, स्रोतले भन्यो, ‘माओवादी केन्द्रबाट नै राजीनामा मागिएको हो। यसबारे भोलि पत्रकारसँग कुरा गर्नुहुन्छ।’
ऊर्जा मन्त्रालयको कमान माओवादी केन्द्रकबाट पम्फा भुसालले पाउनासाथ कुलमानलाई फेरि प्राधिकरणमा ल्याउने तयारी भएको थियो। सोहीअनुसार ऊर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा गराएर वा अन्यत्र लगेर घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी गरेकी थिइन्। सोसँगै मंगलबार प्रधानमन्त्री देउवाले कुलमान ल्याउने प्रक्रिया थाल्न ऊर्जामन्त्रीलाई निर्देशन दिएका थिए। त्यसपछि भुसालले शाक्यको राजीनामा माग गरेकी हुन्।
शाक्यलाई तीन वर्षभन्दा बढी कार्यकालको जिम्मेवारी दिइनेछ भनी गत वर्ष भदौमा मन्त्रिपरिषदले नियुक्ति दिएको थियो। यसको अर्थ उनको कार्यकाल अझै बाँकी छ। यस्तोमा उनी राजीनामा नदिने पक्षमा देखिएका छन्। यता मन्त्रालयले भने राजीनामा नदिए कार्यक्षमतामा प्रश्न उठाउँदै हटाउने तयारी गरेको छ। त्यसो भएमा शाक्य अदालत समेत जान सक्नेछन्। अनलाइन मार्गबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस