काठमाडौं । ने’कपा माओवा’दी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघ’टन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको बताए ।राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्तिका बा’हक उहाँ मात्रै (केपी ओली मात्रै) जिम्मेवार हुनुहुन्थेन । सबै राजनी’तिक पा’र्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को ह’दसम्म जिम्मे’वार थिए ।
प्रयाःजसो नेताहरु भन्ने एउटा र गर्ने अर्को गर्छन् जसका कारण उनीहरुको हित हुने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यो मामिलामा चतुर बनेका छन् ।उनले कार्यकर्ताको भावनाको सम्वोधन गर्न तोकिएको समयमा नै महाधिवेशन हुने भन्दै आएका छन् तर केन्द्रीय महाधिवेशन हुन एक महिनामात्र बाँकी हुँदासम्म निर्देशिका बनेको छैन । उनी निश्चित नै हुने गरी महाधिवेशन गर्ने भनेर भाषणा ठोकिरहेका छन् ।
जान्नेबुझ्नेहरुले यसलाई देउवाको चालबाजीको रुपमा लिएका छन् । महाधिवेशन हुँदैन भन्दा कार्यकर्तामा आक्रोश हुने भएकाले पनि उनले त्यसलाई थामथुम पार्न महाधिवेशनको रटान लगाइरहेका छन् । कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेबाट इकाई अधिवेशन हुने भनिएको थियो ।
क्रियाशीलताको विवाद पनि मिलेको छैन । क्रियाशील सदस्यता छानबिन समितिले १२ गते अन्तिम नामावली पार्टी सभापतिलाई बुझाएको थियो । देउवा आफ्नो कार्यकाल लम्ब्याउनका लागि पनि विवाद छिटो मिलोस् भन्ने पक्षमा छैनन् । उनले जति धेरै टाढासम्म महाधिवेशन धकेल्न सकिन्छ त्यति नै आफूलाई फाइदा हुने भनेर सोच्दै आएका छन् । एकातिर देउवाको यो भनाई आएको छ भने अर्कातिर पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताको धर्ना जारी छ । परिस्थितिलाई थप जटील बनाउने र महाधिवेशन नगर्ने दाउमा देउवा लागेका हुन् कि भनेर सजिलै अनुमान लगाउन सकिन्छ । उनले सक्रियता देखाएर विवाद मिलाउने चासो देखाएका छैनन् ।
महाधिवेशन भयो भने आफ्नो सभापति पद रहन्छ कि रहँदैन भन्नेमा देउवा अन्यौलमा छन् । महाधिवेशनबाट पनि सभापतिभन्दा ठूलो पद नआउने भएकाले देउवा सभापति छँदैछन् किन महाधिवेशन गर्छन् भन्ने पनि विश्लेषण हुन थालेको छ । महाधिवेशन गरेपछि पार्टीमा आन्तरिक द्धन्द्ध हुने र त्यसको असर आगामी स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पर्ने निश्चित नै छ त्यसैले पनि देउवालाई कुनै पनि अवस्थामा महाधिवेशन गर्न मन नभएको समाचारस्रोतले बताएको छ ।
उनी यी सबै निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्ने दाउमा छन् । प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस ठूलो पार्टी हुने र सरकार बनाउने त्यसको नेतृत्व आफैंले गर्न पाउनेमा पनि देउवा ढुक्क छन् ।परिवर्तित विधान अनुसार सबै गुटको भागवण्डामा उनले नयाँ केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाएपछि पार्टीको वैधानिकताको प्रश्न नउठ्ने उनको भनाई छ । देउवाले जहिले महाधिवेशन भए पनि सभापति आफैं हुने सपना देखेका छन् । यदी कुनै कारणले उनले सभापति हार्ने अवस्था आयो भने त्यो उनको लागि दुःखदायी हुने भएकाले पनि देउवाले महाधिवेशन गर्ने सोच बनाएका छैनन् । उनले गुटका आधारमा पद बाँड्ने भएकाले पनि अरु सबै पक्षको चित्त बुझाएर उनले केन्द्रीय समिति घोषणा गर्दै निर्वाचन आयोगमा बुझाउने छन् ।
देउवा सरकामा भएकाले उनले अनेक जुक्ति लगाउन सक्ने छन् । देउवाका लागि निर्वाचन आयोगले समस्या पार्छ भि भन्ने हो त्यो पनि उनी प्रधानमन्त्री भइसकेपछि सजिलै मिलाउने छन् । कोरोना संक्रमण बढ्दै गएकाले उनले लकडाउनको घोषणा गरिदिए भने पनि महाधिवेशन नगर्नका लागि अर्को सजिलो हुने छ ।अरुलाई पनि सभापति जितिन्छ भन्ने ग्यारेण्टी नभएकाले हार्ने महाधिवेशनमा किन जानु भन्ने लागेको छ । विधान अनुसार देउवा अब एक पटकभन्दा सभापति उठ्न पाउने छैनन् । अनलाइन खबर बाट साभार
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस