नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पछिल्लो कार्यशैलीले निकै विवादिन बनेका छन् । उनको दम्भले उकै पार्टीका नेताहरु ओलीसँग रिसाएका छन् । साघुँरो घेराभित्रको गुट चलाएर बसेका ओलीका अन्धभक्तहरु भने देशभरी नै रहेका छन् ।पछिल्लो समय नेकपाका अर्का नेता महेश बस्नेतले ओली सरकारको बचाउ गर्दै बिरोधीहरुलाई ठीक पार्ने योजना सुनाएका छन् । उनी युवा संघ नेपालका इन्चार्जसमेत रहेका छन् ।
महेश बस्नेतले सरकारविरूद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल–टोलमा साइबर सेना गठन गर्न युवाहरूलाई निर्देशन दिएका छन् । नवलपुरको गैंंडाकोटमा शनिबार दिउँसो युवाहरूलाई यस्तो निर्देश्न दिएका हुन् ।बस्नेतले साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएका थिए । विपक्षीहरूले सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाएको आरोप उनको थियो । पूर्वउद्योगमन्त्री बस्नेतले योजनावद्ध रूपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दाबी गरे ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस