सुर्खेत । सामाजिक सञ्जालमा शनिवार एक तस्बिर भाइरल भएको छ । जसमा सरकारी नम्बर प्लेटको भिआइपी गाडीमा बाख्राका लागि घाँस बोकेको देखिन्छ । यो गाडी कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी हो ।सोही गाडीमा शनिबारको दिन घाँस बोक्न प्रयोग भएको पाइएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएको हो ।कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका ११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नो छोरालाई नेपालगञ्ज विमानस्थल पुर्याउन गाडी त्यसतर्फ गएको र आफु सुर्खेतस्थित पश्चिम बड्डिचौर भएको सभापति सिंहले जानकारी दिए । ‘गाडी छोरालाई पुर्याउन विहान गएको थियो म योजना आयोगको गाडीमा बड्डिचौर आएको छु’ उनले भने, ‘बाटोमा फर्किदा ड्राइभरले घाँस ल्याएको हुनसक्छ ।’प्रदेश सभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको भएपनि सिंहको भनाईअनुसार उनले पारिवारिक प्रयोजनमा गाडी प्रयोग गरेको बुझिन्छ ।
साउदीमा वैदेशिक रोजगारीका लागि गएका सन्तोष श्रीमती घरवाट हिडेपछि आपतकालिन टिकट लिएर नेपाल फर्किएका थिए । आफुले कमाएको नगद र केही सुनचाँदीका गहना समेत लिएर श्रीमती हराएपछि उनले खोजिका लागि सबैसंग सहयोग मागेका थिए ।आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएकी हुन् । उनी बाँके नेपालगन्जमा एक पुरुषसंग कोठामा बस्दै आएको अवस्थामा प्रहरीले फेला पारेको हो । नेपालगन्जका ति पुरुष पनि विवाहित हुन् । उनी पनि विदेशवाट फर्किए लगत्तै प्रमिलालाई लिएर हिँडेको खुलेको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस