hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

गण्डकीमा बेरुजु चुलिँदै : प्रदेश र स्थानीय सरकारबीच बेरुजु बढाउने होड

गण्डकीमा बेरुजु चुलिँदै : प्रदेश र स्थानीय सरकारबीच बेरुजु बढाउने होड
गण्डकीमा बेरुजु चुलिँदै : प्रदेश र स्थानीय सरकारबीच बेरुजु बढाउने होड
राजधानी पत्र August 23, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

गण्डकी प्रदेश सरकारको ६० करोड रुपैयाँ बेरुजु देखिएको छ । बेरुजु फर्छ्योटमा निर्मम हुने प्रतिबद्धता जनाएको सरकारले आर्थिक वर्ष २०७६।०७७ मा ६० करोड रुपैयाँ बेरुजु थपेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वाषिर्क लेखा परीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश सरकारले ऐन, नियम र कानुन मिचेर मनलाग्दी खर्च गरेको पाइएको छ ।प्रतिवेदनमा प्रदेश सरकारको कुल वार्षिक बेरुजु रकम ६० करोडमध्ये ४५ करोड ८४ लाख पेस्कीबाहेकको बेरुजु रहेको छ । दुई वर्षको बेरुजु १ अर्ब ५३ लाख बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । १ अर्ब ५३ लाख बेरुजुमध्ये ६७ करोड १० लाख रुपैयाँ पेस्कीबापतको बेरुजु हो । त्यसमा ८६ करोड असुलउपर गर्नुपर्ने बेरुजु रकम हो ।

गण्डकीमा सरकार गठन भएकै वर्ष २०७५÷०७६ मा १ अर्ब ६४ करोड रुपैयाँको बेरुजु रहेको थियो । त्यसमध्येको ८० प्रतिशतभन्दा बढी रकम असुलउपर गर्नुपर्ने खालको थियो । त्यस अवधिमा ७० करोड ९१ लाख रकम मात्रै फस्र्योट भएको थियो । त्यस वर्षको ९३ करोड ५६ लाख बेरुजु फर्छ्योट हुन अझै बाँकी रहेको छ  । गत वर्षसम्म १ अर्ब ६४ कारोड बेरुजु रहेकोमा यस वर्ष ७० करोड ९१ लख ७९ हजार समपरीक्षण भई ९३ करोड ५६ लाख ३७ हजार बाँकी रहेकोमा यस वर्ष ६० करोड ४१ लाख थपिई १ अर्ब ५३ करोड ९७ लाख ३७ हजार पुगेको छ ।

नियमविपरीत हुने खर्च रोक्न प्रतिबद्ध रहेको सरकारले दाबी गर्दै आएको छ । सरकारले कानुन पालना, आर्थिक अनुशासन कायम गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको दाबी गर्दै आएको छ । तर सरकारले मन्त्रालयलाई निर्देशन गरे पनि परिणाम भने सन्तोषजनक छैन । विगतका वर्षहरूको बेरुजु रकम कायमै रहेको छ । पछिल्ला वर्षहरूमा समेत त्यो क्रम रोकिएको छैन ।पछिल्लो समयमा गण्डकी प्रदेशमा प्रदेश र स्थानीय तहबीच बेरुजु रकम बढाउन प्रतिस्पर्धा देखिएको छ । प्रदेश सरकारले अनावश्यक सवारी खरिददेखि निजी प्रयोजनका कर्मचारीसम्मका खर्च बढाएका छन् भने स्थानीय तहले पनि विभिन्न शीर्षकमा मनलाग्दो खर्च देखाउने गरेका छन् ।गण्डकीका स्थानीय तहमा पनि बेरुजु वर्षैपिच्छे बढ्दो छ । सरकाले एकै वर्ष ९३ अर्बको लेखापरीक्षण गरिएकोमा २ अर्ब ५९ करोड बेरुजु भेटिएको छ । त्यसमध्ये करिब ३८ करोड पेस्की बेरुजु छ ।

कास्कीका पाँचवटै पालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । क्षेत्रफलको हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा समेत बेरुजु बढेको छ । महालेखाको प्रतिवेदनअनुसार पोखरा महानगरमा ६२ करोड ४६ लाख ६३ हजार बेरुजु देखिएको छ । उक्त रकममध्ये १७ करोड १२ लाख ६६ हजार असुलउपर गर्नुपर्ने रहेको छ । त्यसैगरी प्रमाण पेश गर्नुपर्नेमा १४ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यसैगरी अन्नपूर्ण गाउँपलिकामा ५९ लाख १३ हजार बेरुजु देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने ६४ हजार रहेको छ । त्यसैगरी माछापुच्छ्रे गाउँपालिकामा १ करोड ८१ लाख ५४ हजार, मादीमा ७६ लाख ३२ हजार र रूपा गाउँपालिकामा २ करोड ५५ लाख ८९ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कास्कीमा सबैभन्दा धेरै पोखरा महानगरमा आर्थिक अनियमितता भएको छ भने सबैभन्दा कम अन्नपूर्णमा भएको प्रतिवेदनमा जनाइएको छ ।

म्याग्दीका ६ वटै पालिकामा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । गत आर्थिक वर्षमा म्याग्दीमा ८ करोड ५५ लाख २७ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । बेनी नगरपालिकामा २ करोड ८ लाख, रघुगङ्गा गाउँपालिकामा १ करोड ७० लाख ८२ हजार, धवलागिरिमा १ करोड ५७ लाख ८ हजार, मालिकामा १ करोड ३० लाख ५७ हजार, मङ्गलामा १ करोड २५ लाख ९३ हजार र अन्नपूर्ण गाउँपालिकामा ६२ लाख ८७ हजार बेरुजु देखिएको छ ।बेनी अस्पतालको २४ करोड २२ लाख ७२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३७ लाख ३४ हजार बेरुजु देखिएको छ । त्यसैगरी स्याङ्जाका ११ वटा स्थानीय तहमा ५० करोडभन्दा बढी बेरुजु देखिएको छ । जिल्लाका ११ स्थानीय सरकारले ५० करोड ६६ लाख ९३ हजार बजेट अनियमित प्रक्रियाबाट  खर्च गरेको पाइएको छ ।

स्याङ्जामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकामा दुई अर्ब ३४ करोड ९६ लाख ६१ हजारको लेखापरीक्षण गर्दा ६ करोड १९ लाख ९९ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी अर्जुन चौपारी गाउँपालिकामा ७.७६ प्रतिशत अर्थात् ४ करोड ४७ लाख ४० हजार बेरुजु देखिएको छ । कालीगण्डकी गाउँपालिकामा ९ करोड ८७ लाख, फेदीखोलामा १३ करोड ३५ लाख, बिरुवामा १ करोड ८१ लख ५३ हजार, हरिनासमा २ कोरोड ५२ लाख ६५ लाख, गल्याङ नगरपालिका ५ करोड ६७ लाख ५१ हजार, चापाकोटमा १ करोड ७६ लाख १२ हजार, भिरकोटमा २ करोड ३५ लाख १६ हजार, वालिङमा २ करोड ८६ लाख ९७ हजार, अर्जुन चौपारीमा ४ करोड ४७ लाख ४० हजार, आँधीखोला गाउँपालिकामा ११ करोड ७९ लाख १० हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गोरखाका ११ स्थानीय तहको यस आर्थिक वर्ष २०७६÷०७७ को बेरुजु रकम २३ करोड ५३ लाख देखिएको छ । गोरखामा गोरखा नगरपालिकाको १ अर्ब ७८ करोड ७५ लाख ३४ हजारमध्ये ३ करोड ९६ लाख ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ । पालुङटारमा २ करोड ९६ हजार, बारपाक सुलीकोटमा ५ करोड १ लाख १ हजार, अजिरकोटमा ५६ लाख ९३ हजार, आरघाट ५६ लाख ६ हजार, धार्चेमा २ करोड ४२ लाख २३ हजार, चुमनुबीमा ३ करोड ५८ लाख ९६ हजार, गण्डकी गाउँपालिकामा ९१ लख १९ हजार, भिमसेनथापा गाउँपालिकामा २ करोड ७१ लाख ६४ हजार, सहिदलखनमा ८ लाख ६८ हजार, सिरानचोकमा १ करोड ६८ लाख ५१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

गोरखामा सबैभन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा र सबैभन्दा कम सहिदलखन गाउँपालिकाको बेरुजु रकम देखिएको हो । त्यसैगरी पर्वतका सातवटा स्थानीय तहमा झण्डै १० करोड बेरुजु देखिएको छ । सात स्थानीय तहको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १.२४ प्रतिशत अर्थात् ९ करोड ७५ लाख ९१ हजार बेरुजु देखिएको छ ।कुस्मा नगरपालिकामा १ अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखापरीक्षण गर्दा ५ करोड २३ लाख ५८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी फलेवास नगरपालिकामा १ अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ ।

पैयुँ गाउँपालिकामा २१ लाख १२ हजार, महाशिलामा २९ लाख ८४ हजार, १ करोड १७ लाख ९६ हजार, जलजलामा ९९ लाख २६ हजार, मोदीमा ३८ लख ९३ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकाहरूमा बेरुजु घटेको देखिएको छ ।तनहुँका स्थानीय तहले ३४ करोडभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको भेटिएको छ ।  जिल्लाका १० ओटा स्थानीय तहले ३४ करोड ४९ लाख एक हजार अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । व्यास नगरपालिकामा दुई अर्ब ६४ करोड तीन लाख ८७ हजारको लेखापरीक्षण गर्दा १३ करोड पाँच लाख १८ हजार बेरुजु देखिएको छ । त्यसैगरी आबुखैरेनीमा दुई करोड ४७ लाख ३६ हजार, बन्दीपुरमा दुई करोड २१ लाख २७ हजार, भानुमा ७६ लाख ८८ हजार बेरुजु देखिएको छ ।

शुक्लागण्डकीमा सात करोड १३ लाख ३५ हजार, ऋषिङ गाउँपालिकामा चार करोड ३४ लाख ७९ हजार र घिरिङ गाउँपालिकामा दुई करोड ८० लाख आठ हजार बेरुजु देखिएको हो । यस्तै म्याग्देमा ३८ लाख १७ हजार, देवघाटमा ५५ लाख ९८ हजार र भिमाद नगरपालिकामा ७५ लाख ९५ हजार बेरुजु देखिएको छ ।स्थानीय तहले पूर्वतयारीबिनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैङ्क बनाउने कार्य प्रभावकारी नभएको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।त्यसैगरी लमजुङका ८ स्थानीय तहमा २४ करोड बेरुजु देखिएको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका ८ स्थानीय तहमा आर्थिक वर्षमा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको हो । ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ३.३५ प्रतिशत रकम बेरुजु निस्किएको हो ।

लमजुङका स्थानीय तहमा सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा ६.८८ प्रतिशत रकम अर्थात् ६ करोड ४२ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै क्व्होलासोंथरमा ०.७७ प्रतिशत अर्थात् ३७ लाख ७० हजार, राइनास नगरपालिकामा ५ करोड ९३ लाख ४३ हजार, बेंसीसहरमा ५ करोड ७९ लाख ६९ हजार, मध्यनेपालमा ३ करोड ९१ लाख २३ हजार, सुन्दरबजारमा १ करोड १० लाख ४६ हजार, दोर्दीमा ६९ लाख ३२ हजार, दूधपोखरीमा ४८ लाख ५५ हजार, रुपैयाँ बेरुजु देखिएको छ ।

बागलुङमा एक अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षणमा १ करोड १६ लाख ६० हजार बेरुजु देखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु ६.७६ प्रतिशत अर्थात् ६ करोड २५ लाख १८ हजार देखिएको छ । बागलुङ नगरपालिकामा १.६४ प्रतिशत अर्थात् तीन करोड ३६ लाख ३७ हजार बेरुजु देखिएको छ । काठेखोला गाउँपालिकामा १ अर्ब ६ करोड ४५ लाख ४ हजार रुपियाँ लेखा परीक्षण गरिएकोमा १ करोड ७१ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ । ताराखोलामा ९८ लाख २० हजार, तमानखोलामा ७५ लाख ५९ हजार, निसीखोला ७१ लाख २६ हजार, गलकोट १ करोड १६ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ ।त्यस्तै बडिगाड गाउँपालिकामा ८९ लाख ९२ हजार, बरेङमा ०.४२ प्रतिशत बेरुजु देखिएको छ । बरेङमा जिल्लाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु देखिएको छ । काठेखोला र ताराखोलामा समान १.६१, जैमिनीमा १.१४ प्रतिशत बेरुजु देखिएको छ ।

मनाङका ४ वटै स्थानीय तहमा पनि बेरुजु देखिएको छ । चामे गाउँपालिकामा  दुई करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ । माथिल्लो मनाङ ङिस्याङमा दुई करोड १० लाख १४ हजार, नासोमा दुई करोड ३५ लाख ७६ हजार, नार्पा भूमिमा दुई करोड ७३ लाख ६ हजार बेरुजु देखिएको छ । पाँच स्थानीय तह भएको मुस्ताङमा पनि सबै स्थानीय तहमा बरुजु देखिएको छ । महालेखाको प्रतिवेदनअनुसार मुस्ताङको दामोदरकुण्डमा ०.१२ प्रतिशत अर्थात् ४ लाख २५ हजार मात्र बेरुजु देखिएको हो । लेखापरीक्षण गरिएको ३६ करोड ७३ लाख १४ हजारमध्ये ०.१२ प्रतिशत बेरुजु देखिएको छ । मुस्ताङमा सबैभन्दा बढी बेरुजु वारागुङ मुक्तिक्षेत्रमा देखिएको छ । ३८ करोड ६२ लाख ५४ हजार रुपैयाँ लेखा परीक्षणमा ४.१३ प्रतिशत अर्थात् १ करोड ५९ लाख ५१ हजार बेरुजु देखिएको हो ।त्यस्तै घरपझोङमा २ करोड २६ लाख ६० हजार, लोमान्थाङमा ७४ लाख ९९ हजार र थासाङ गाउँपालिकामा २० लाख ४४ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी गण्डकीको कान्छो जिल्लाका रूपमा परिचित नवलपरासीपूर्वमा समेत बेरुजु देखिएको छ । ८ वटा स्थानीय निकाय रहेको यस जिल्लामा समेत सबै पालिकाहरूमा बेरुजु देखिएको हो । नवलपरासीको बुङदीकाली गाउँपालिकामा ५२ लाख २१ हजार बेरुजु देखिएको छ । त्यसैगरी विनयी त्रिवेणीमा २ करोड ८७ लाख ८४ हजार, बुलिङटारमा १ करोड ५२ लाख ५८ हजार, देवचुलीमा २ करोड ७६ लाख ४३ हजार, गैडाकोट नगरपालिकामा ५ करोड ९९ हजार, हुप्सेकोटमा ३ करोड ९ लाख ५१ हजार, कावासोतीमा ६ करोड ५० लाख, ३७ हजार, मध्यविन्दु नगरपालिकामा ३ करोड ६१ लाख ५६ हजार बेरुजु देखिएको छ । नवलपरासीमा सबैभन्दा धेरै बेरुजु कावासोतीमा देखिएको छ भने थोरै बुङदीकाली गाउँपालिकामा रहेको छ ।

 

  • #गण्डकीमा बेरुजु चुलिँदै : प्रदेश र स्थानीय सरकारबीच बेरुजु बढाउने होड

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑