नेकपा (एकीकृत समाजवादी) पार्टी घोषणा गरेका माधवकुमार नेपालले नयाँ तुरुप फालेका छन् । आफू अप्ठयारोमा पर्ने देखेपछि नेता नेपालले भीम रावलहरुको मन पगाल्ने गरी युटर्न हुने संकेत देखाएका हुन् ।नेकपा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नेकपा (एकीकृत समाजवादी) पार्टी घोषणा गरेका माधवकुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेसँग निःशर्त पार्टी एकताको सन्देश दिएका छन् ।चन्द्रागिरि रिसोर्टमा आफूनिकट नेताहरूसँग बैठक बस्नुअघि विगतमा आफूसँग रहेका एमालेका नौ स्थायी कमिटी सदस्यहरूलाई बोलाएर आगामी १०औँ महाधिवेशनबाट ७० वर्षे उमेरहद हटाए आफू निःशर्त एकता गरी एमालेमा फर्कने बताएका हुन् ।
नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने अडानमा रहेका नेपाल केपी ओलीले माधव नेपालविनाको पार्टी चाहेको भन्दै तत्कालका लागि एकताको ढोका बन्द भएको पनि बताएका छन् ।माधव नेपालको यो सन्देश लगत्तै विगतमा आफूसँग रहेका नेताहरू भीम रावलदेखि घनश्याम भुसाल हुँदै रघुजी पन्तसम्मका नेताहरू अध्यक्ष ओलीसँग १० बुँदे सम्झौता कार्यान्वयन गरेर तत्कालका लागि एमालेमै रहने निष्कर्षमा पुगेका छन् । उनीहरूले अब पनि पार्टीको विधान अधिवेशनमै ७० वर्षे उमेरहद हटाउन लविइङ गर्ने भएका छन् ।नेता नेपालले ७० वर्षे उमेरहद हटेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भए हाल ओलीलाई साथ दिँदै आएका जुनसुकै नेतालाईसमेत नेता मानेर एकता प्रक्रियामा फर्कने प्रतिवद्धता जनाउँदै नयाँ पार्टी गठनको अभियान पनि सँगसँगै तीव्र पारेको बताएका छन् ।स्रोत अनलाइन मार्ग
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस