सोल-ख्यंगी विश्वविद्यालयका खोजकर्ताले गरेको एक अध्ययन अनुसार कोरियामा ४० देखि ६० बर्ष उमेर समुहका करिव आधा भन्दा बढी जनसंख्याले कम्तिमा एक छाक एक्लै खाने गरेको देखाएका छन् ।
सन् २०१३ बाट २०१७ सम्म करिव ७ हजार ७ सय २८ जनामा गरिएको उक्त अध्ययनमा यस्तो तथ्य भेटिएको हो ।
अध्ययनमा करिव ५०.८ प्रतिशत पुरुष तथा ६१.१ प्रतिशत महिलाहरु कम्तिमा एक छाक एक्लै खाने गरेको भेटिएको हो ।
त्यस्तै गरि करिव ६.५ प्रतिशत पुरुष तथा ८.५ प्रतिशत महिलाले दिनको तीन पटक नै एक्लै पकाएर खाने गरेको पाइएको छ ।
यसरी एक्लै खाना खाँदा पौष्टिक आहारमा ध्यान नदिदा क्याल्सीयम तथा आइरनको मात्रा अपुर्ण भई स्वास्थ्यमा समेत नकारात्मक असर देखिएको अध्ययनले देखाएको छ ।
उक्त अध्ययनका अनुसार महिला भन्दा पुरुषहरु खानपान ब्यवस्थामा कमजोर देखिएकाले उनीहरु छिटै नै विभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुबाट गुज्रिनु पर्ने पनि अध्ययनले देखाएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस