माधव नेपालमाथि कडा शब्दमा आलोचना गर्दै आएका एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र(१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र(२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्।२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्। एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।यता केन्द्रबाट सत्ता च्यूत हुन थालेको नेकपा एमालेको अब प्रदेशमा पनि एकपछि अर्को हुदै नेतृत्व पत्तासाफ हुने भएको छ । पहिले केन्द्र र चार वटा प्रदेशमा एमालेको नेतृत्व रहेका थियो ।केन्द्रमा ओलीले आफ्नो नेतृत्व रहेको सरकार जोगाउन नसक्दा त्यसको असर प्रदेशमा पनि देखियो । केन्द्रमा ओलीले सत्ता बचाउँन नसकेपछि गडण्की प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेलको मुख्यमन्त्री गुमिसकेको छ ।
अब बाकि रहेको प्रदेश १ र बागमती प्रदेशमा एमालेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन, तर दुबै जना अल्पमतमा छन र मुख्यमन्त्रीबाट राजिनामा दिनुको कुनै विकल्प छैन । यो संगै केन्द्र र सबै प्रदेश एमाले नेतृत्व र सहभाहि बिहिन हुने भएको छ ।बागमती र प्रदेश नम्बर १ मा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले सरकार जोगाउन कि २२ भदौभित्र आफै नेकपा एसमा प्रवेश गर्नुपर्छ कि त अन्य दलसँग गठबन्धन गरेर बहुमत पुर्याउनुपर्छ । यो दुवै सम्भावना लगभग नभएकाले शाक्य पदमुक्त हुने निश्चित भएको छ ।एमाले अध्यक्ष ओलीले शाक्यलाई मुख्यमन्त्री बनाएर माधव नेपालको पक्षमा जान रोकेका थिए । उनले बागमतीमा एमाले सरकार जोगाउन पनि यो कदम चालेका थिए । तर, उनी असफल हुने भएका छन् ।
अब नेकपा एमालेको सरकार कुनै पनि प्रदेशमा नरहने सम्भावना बढेको छ । प्रदेश नम्बर १ मा कति सांसदले नेकपा एस रोज्ने हुन् त्यसले त्यहाँको सरकार टिक्ने या नटिक्ने टुंगो लग्नेछ ।प्रदेश नम्बर १ मा नेकपा एस रोज्न १० सांसद तयार देखिएका छन् । त्यो अवस्थामा एमालेको बहुमत मात्र गुम्दैन अन्य साना दलसँग मिल्दा पनि बहुमत पुग्दैन । मुख्यमन्त्री भीम आचार्य माधव नेपालको साथ जान लागेका ५ सांसदलाई रोक्न सक्रिय भएका छन् । त्यसका लागि मन्त्री पदको अफर समेत गरेका छन् । तर, राजेन्द्र राईले अझ बढी एमाले सांसद तान्न प्रयास गरेका छन् ।प्रदेश नं १ पनि गुमेमा नेकपा एमालेको नेतृत्वको सरकार केन्द्र देखि ७ वटै प्रदेशहरुमा रहनेछैन । यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा एमाले सरकार ढलिसकेको छ । एकपछि अर्को गर्दै ओली नेतृत्वको एमालेलाई देशभर प्रतिपक्ष बनाइने रणनीति सफल बन्दै गएको छ ।स्थानीय निकायमा एमाले नेतृत्वको नगर र गाउँपालिका सरकारहरु रहेका छन् । तर, त्यहाँ पनि नेकपा एस रोज्नेहरुले गर्दा धेरै पकड गुम्ने देखिएको छ । यसरी ओलीले केन्द्र हुँदै प्रदेशहरुमा एमाले सरकार ढलेको घटना देखिरहेका छन् । ओली गुमाएको गुमायै छन् । अब एमाले सातै प्रदेशमा प्रतिपक्षी बन्दैछ । अनलाइन मार्गबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस