पुस ५ काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान वि’परीत भएको बताएका छन् । संविधानले संसद ५ वर्षसम्म रहन्छ भन्ने परिकल्पना गरेको भन्दै थापाले भने, ‘जुन तरिकाले संसद विघटन सिफारिस भएको छ, जालझेल, राष्ट्रपतिको दुरुपयोग भएको छ । संविधान बनाउँदै गर्दा यस्ता जालझेल रोकिन्छ र संसद विघटन गर्न दिइन्नँ भनेर बनाएको हो । त्यसैले यो प्रथम दृष्टिकै संविधानसम्मत छैन ।’ यद्यपि यसको परीक्षण गर्ने आफ्नो विधि (अदालत) रहेको र त्यसले परीक्षण गर्ने उनले बताए । परीक्षणले जे निर्णय दिएपनि नेकपा पाएको जनमतको वैधता भने सकिने उनले बताए । ‘३ वर्ष अगाडि नागरिकले जुन प्रचण्ड बहुमत दिएका थिए, त्यसको वैधता सकियो । यदि यो संसद रह्यो भने पनि नेकपाको बहुमत प्राविधिक मात्र हुनेछ ।’ स्रोत अनलाईन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस