काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युक्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लगाउनु भएको छ । निर्देशक घिसिङलाई लक्षित गर्दै ओलीले नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाउनु भएको हो ।
सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले यस्तो बयान दिनुभयो । उहाँका अनुसार घिसिङले नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएका छन् ।
त्यस्तो व्यक्तिलाई सरकारले खोजी–खोजी पुनः ल्याएको उहाँको भनाई रहेको छ । कार्यक्रममा बोल्दै उहाँले एमाले आउनुअघि ल्याएको नक्कली ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै भएको दावा गर्नुभयो ।
पैसा हालेर किनेको भए पनि काम नलागेर तन्काएर राखिएको उहाँले उल्लेख गर्नुभएको हो । धेरै बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर भएको अध्यक्ष ओलीको जिकिर छ । कुलमान घिसिङलाई प्राधिकरणमा नियुक्त गरिएको र प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई अन्यत्रै नियुक्त गरिएकोप्रति ओलीले असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
ओलीले अहिलेको सरकार बहादुर भएको भन्दै नक्कली काम गर्ने मान्छेलाई खोजी खोजी–खोजी फिर्ता ल्याएको भन्दै कटाक्ष गर्नु भएको हो । उहाँका अनुसार सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले विस्थापित गरियो । तर अध्यक्ष ओलीको आरोपलाई प्राधिकरणको हेटौंडास्थित केन्द्रिय भण्डारले भने ओलीको भनाइ तथ्यमा आधारित नभएको बताएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस