काठमाडौ । संखुवासभा घटनामा निधन भएका ६ जनाको इटहरीमा सामुहिक अन्तिम संस्कार गरिएको छ । संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै घरका ६ जना मृ त फेला परेका थिए । उनीहरुको सामूहिक अन्तिम संस्कार गरिएको हो ।
बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम सकेर ६जनाकै श वको अन्तिम संस्कार गरिएको हो । आफन्त बिक्रमकुमार कार्कीलेका अनुसार इटहरीस्थित बुढीगंगास्थित मुक्तिघाटमा अन्तिम संस्कार गरिएको हो । घटनामा सकुशल रहेका वृद्धका एक नाती तेजबहादुरका छोरा नरेश दुबईबाट बुधबार फर्किए पछि अन्तिम संस्कार गरिएको हो । उनी कान्छो छोरा हुन्। जेठा छोरा रमेश भने मलेसियामा छन्। परिवारका ६ जनाको श व देखेपछि उनले मन थाम्न सकेनन् ।
सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको श व फेला परेको थियो। तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृ त अवस्थामा फेला परेका थिए।
तर अहिलेसम्म कसले र किन घटना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्। साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घटनास्थल तर्फ गएका छन्।
गाउँमा घटनाका कारण स्थानिय डराएका छन् । साँझ नपर्दै सबै घर भित्र पस्ने गरेका छन् । एक्लै घाँस दाउरा गर्न जान पनि निकै डर लाग्ने गरेको स्थानियले बताएका छन् । पोष्टमार्टम पछि जब सामुहिक अन्तिम संस्कार गरियो निकै शोकमग्न बातावरण थियो । परिवारमा घटना भएको थाहा पाएपछि कान्छा छोरा दुवईवाट फर्किएका हुन् । उनले यस्तो घटनाको कल्पना पनि गरेका थिएनन् । उनी यस्तो दृष्य देखेर निकै भक्कानिए ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस