hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 05, Feb, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अर्थनीति

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य

पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृत गर्ने लगानी बोर्डको लक्ष्य
September 9, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

२३ भदौ, काठमाडौँ । लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ ।

बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा उक्त योजना सार्वजनिक गरेका हुन् ।

‘दिगो विकास लक्ष्य हासिल गर्न कूल वार्षिक औसत रु पाँच खर्ब ५८ अर्ब अपुग हुने देखिन्छ, कोरोनाका कारण विभिन्न देश आफैँ लगानी भित्र्याउने प्रयास गरिरहेको अवस्थामा हामीले आकर्षित गर्न सजिलो छैन, तर हामी आशावादी छौँ’, प्रधानमन्त्री देउवाले भने।

उक्त योजनमा कम्तीमा एक लाख रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवर्द्धनका लागि वातावरण निर्माणमा योगदान पुर्‍याउने उल्लेख छ । यस्तै रणनीतिक योजनामा लगानी बोर्डलाई सार्वजनिक निजी साझेदारीको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न महत्वपूर्ण पाँच मूल लक्ष्यसमेत लिइएको छ ।

परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीसहित चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच पनि योजनामा छ । अर्थमन्त्री जनार्दन शर्माले भने, ‘अब बोर्ड एक कदम अघि बढेर लगानीका उपयुक्त परियोजनासहित लगानीकर्तासमक्ष पुग्नुपर्छ ।’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा सार्वजनिक निजी साझेदारी व्यवस्थापनको मुख्य निकाय लगानी बोर्ड रहेको उल्लेख गर्दै निजी क्षेत्रलार्ई आकर्षित गर्न सहकार्य जरुरी रहेको बताए ।

बोर्डले पूर्वाधारको विकास महत्वपूर्ण रहेको निष्कर्षका साथ काम गरिरहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले भने, ‘पूर्वाधार विकासलाई तीव्ररुपमा अघि बढाउन लगानी बोर्डले लगानीयोग्य परियोजनाको सूची तयार गरेको छ, यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पूरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ ।’

एक दशक लामो अनुभवबाट परियोजना विकास, कार्यान्वयन तथा लगानीकर्ताका लागि सहजीकरणमा लगानी बोर्ड मजबुद हुँदै गएको छ । एक दशकको सिकाइबाट लगानी बोर्ड परियोजना सहजीकरणको थप जिम्मेवारी बहन गर्नसक्ने क्षमता विकास गर्न सक्षम भएको दाबी गरिएको छ ।

बोर्डका अनुसार सरकारले अहिले मुख्यतः सिमेन्ट र विद्युत् उत्पादन लगायतलाई बढावा दिइरहेको छ । वातावरण सहजीकरण हुँदै जाँदा नेपालमा लगानीमैत्री देशको रुपमा विकास हुँदै गएको छ । त्यसैले वर्तमान समयमा विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको छ ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको अवधारणाको विकास गरिएको छ । निजी लगानीको परिचालनसँगै ठूला परियोजनामा निजी तथा सार्वजनिक लगानीको दायरा बढाउनु जरुरी रहेको देखिन्छ ।

मुलुकमा अहिले ऊर्जा, सम्पर्क सञ्जाल, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण समग्री र वित्तीय क्षेत्रमा प्रसस्त लगानीको अवसर रहेको छ ।

सिंहदरबारमा भएको बोर्डको १०औँ वार्षिकोत्सव समारोहमा विश्व बैंकको पूर्वाधार क्षेत्रका क्षेत्रीय निर्देशक गुञ्जे चेन, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, सार्वजनिक निजी साझेदारीसम्बन्धी विश्व संस्थाका अध्यक्ष जिड अलेक्जेण्डर हेक, एजे भिएन लिमिडेड भारतका अध्यक्ष नन्दलाल शर्मा, होङ्सी सिमेन्टका प्रवन्ध निर्देशक लिउ शुगुङले नेपालमा गरेको लगानीको विषयमा जानकारी गराएका थिए ।

शर्माले विभिन्न पाँच समस्या औँल्याउँदै, बैंकिङ प्रक्रिया, कच्चापदार्थ तथा श्रमशक्ति व्यवस्थापन, परियोजनाका लागि जग्गा व्यवस्थापनलगायतमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

वि.सं. २०७८ मा स्थापना भएको बोर्डले “लगानी बोर्डको १० वर्ष : आर्थिक समृद्धिका लागि साझेदारी’ भन्ने नारा तय गरी वार्षिकोत्सव मनाएको छ । सो समारोहमा लगानी बोर्डको कार्यालयले तयार पारेको ‘नेपाल इन्भेष्टमेन्ट गाइड २०२१’ तथा ‘कफी टेबल बुक’समेत सार्वजनिक गरिएको छ ।

उक्त समारोहमा नेपालको आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारीको विकासका विषयमा दुई सत्रमा छलफल गरिएको थियो ।

बोर्डबाट सहजीकरण भइरहेका परियोजनाका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आबद्ध विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरुलाई कदरपत्रसहित सम्मान गरेका थिए ।

अर्थनीति बाट थप

  • ८ बैंकले बढाए बेस रेट, ऋणको ब्याजदर कुन बैंकमा सस्तो ? ८ बैंकले बढाए बेस रेट, ऋणको ब्याजदर कुन बैंकमा सस्तो ?
  • साताको शेयर बजारः ४२ अर्ब २९ करोडको कारोबार साताको शेयर बजारः ४२ अर्ब २९ करोडको कारोबार
  • बिजुलीको बजार खोज्दै प्राधिकरणको टोली भारत दौडाहामा बिजुलीको बजार खोज्दै प्राधिकरणको टोली भारत दौडाहामा
  • आउने भयो : सानिमा लाइफ र मानुषी लघुवित्तको आईपीओ ; कति दिने आवेदन…? आउने भयो : सानिमा लाइफ र मानुषी लघुवित्तको आईपीओ ; कति दिने आवेदन…?
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् आइतबारको राशिफल

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    रबि लामिछानेलाई लाग्यो अर्को झड्का, रविले जितेको ठाउमा उमेश श्रेष्ठ स्वतः विजयी घोषित हुदै

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    झापा अर्जुनधारामा श्रीमती मारेर पुर्ने पापी श्रीमान पक्राउ

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    वैशाख २३ मा आम निर्वाचन  गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    वैशाख २३ मा आम निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव ! पूरा पढ्नुहोस ।

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    असार दोस्रो सातादेखि स्मार्ट ल’कडाउन’ गर्ने निर्णय

    समाचार
    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    बल्ल काम गर्‍यो बालेनको यस्तो जुक्तिले, खुसी हुँदै आफै खाली हुनथाले सुकुम्बासी बस्ती !

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    १ महिनामै असफल पारिएका रबि लामिछानेले गरे यस्तो घोषणा, मागे सबै नेपालीको साथ (साथ दिनेले शेर गर्नुस)

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    सन्दीप बारे भर्खरै जील्ला अदालतले गर्‍यो अर्को फैसला, नेपालकै टप वकिल समेत अचम्मित

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    चिच्याएर वर माग्ने सत्यवती बज्यैको महिमा: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ, ॐ लेखी सेयर गर्नुहोस्

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    श्री स्वस्थानी ब्रत आज समापन गरिंदैछ, शाली नदीमा व्रतालुको घुँइचो

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑