नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना एमसीसीबारे पहिले सत्तारुढ दलहरु प्रष्ट हुनुपर्ने बताएका छन्। एमसीसी उपाध्य फातिमा सुमारसँग बालकोटमा भएको भेटका क्रममा आफूहरु प्रतिपक्षमा रहेकाले पहिले सत्तारुढ दलहरुले धारणा प्रष्ट पार्नु पर्ने बताएका हुन्।
बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।
सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको एक नेताले बताए । ‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ उनले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’
भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।
जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका थिए ।
‘विगतमा हामी सरकारमा भएका बेला प्रयास गरेका हौं, केही साथीहरुको भूमिका कारण पारित गर्न सकिएन, अहिले हामी सरकारमा छैनौं’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ‘पहिले सरकारको धारणा आओस् ।’
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस