काठमाडौ । मानिसलाई छिटै पैसा कमाउने र धनी हुने लोभले के सम्म गराउँछ । एक जना ब्यक्ति युवाहरुलाई लोकसेवा आयोगको परीक्षा पास गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनको कोठामा सर्वोच्च अदालतका कागजात समेत नक्कली फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरीको धरानमा बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेलाई पक्राउ गरेको हो । उनले सरकारी कार्यालयका नक्कली कागजात तयार पारेका थिए । लोकसेवा आयोगको नक्कली प्रवेश पत्र समेत बनाएका थिए ।
उनले आफुलाई लोकसेवा आयोगको कर्मचारी रहेको बताएका थिए । आफु लोकसेवा आयोगकै कर्मचारी भएकाले सरकारी जागिर दिलाइदिन सक्छु भन्दै ठगी गरेका थिए । सर्वसाधारण मानिसहरुलाई रकम लिई ठगेको लोकसेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सोबापत मोटो रकम लिने गरेको पाइएको छ।
रकम लिएपछि लेनदेन प्रकृतिको कागज बनाई झुक्याई ठगी गरेको जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनुसरीले जनाएको छ।
उनको कोठाबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप, गोप्य लेखेको रवरको छाप, जिबछ लामिछाने समेत लेखेको रवरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रवरको छाप, प्रहरी निरीक्षक लेखेको रवरको छाप, उपसचिव लेखेको रवरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप, शाखा अधिकृत लेखेको छाप लगायत बिभिन्न कागजातहरु बरामद गरेको छ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस