काठमाडौ । विपन्नहरुका लागि यो संसार निकै निर्दयी छ । एक महिलाले अस्पतालमा जुम्ल्याहा सन्तान जन्माइन् । सुत्केरी व्यथा लागेपछि भदौ पहिलो साता जनकपुरको पीडारीचोक स्थित रहेको मधेश हस्पिटलमा शल्यक्रिया मार्फत २ शिशु (छोरा) लाई जन्म दिएकी थिइन्। शल्यक्रियामा अस्पतालको त्रुटिको कारण पेट फुल्न थालेपछि उनलाई भर्ना भएको भोलिपल्ट हस्पिटलले नै दबाबमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको थियो।
बिपी कोइरालाल अस्पतालमा उपचारका क्रममा लागेको खर्च विपन्न परिवारका उनहिरुले तिर्न सकेनन् । अस्पतालको फार्मेसीमा बील तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुत्केरीको शव बन्धक बनायो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ८ वसन्तपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गएको शनिबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। उनको उपचार खर्च २ लाख ५ हजार पुग्यो । तर दलित विपन्न परिवारका उनीहरुले त्यती ठूलो रकम तिर्न सकेनन् । फार्मेसीमा पैसा तिर्न नसकेका उनीहरुका परिवारले सुत्केरीको शव घर लैजान पाएका थिएनन् । जुम्ल्याहा सन्तान पनि अस्पतालमै थिए ।
गाउँलेले चन्दा संकलन गरेर जल्पा फार्मेसीको ८० हजार रुपैयाँ बील तिरेर पुनमको शव घरमा ल्याई बुधबार राति अन्तिम संस्कार गरिएको छ । उपचारको क्रममा शनिबार साँझ मृत्यु भएपछि अस्पतालको गेटमा अरविन्द्र यादवले सञ्चालन गरेको निजी जल्पा फार्मेसीले पहिला औषधिको २ लाख ५ हजार रुपैयाँ तिरेर मात्र शव उठाउन भनेका थिए। विपन्न दलित परिवार फार्मेसीको रकम तिर्न नसक्दा पुनमको शव पाँचदिन अस्पतालमै अलपत्र परेको थियो।
शव फार्मेसीले ल्याउन नदिने भनेपछि गाउँका युवा राहुलराजको नेतृत्वमा ८० हजार रुपैयाँ चन्दा संकलन गरिएको थियो। रामचन्द्रका अनुसार ८० हजार बुझाएर शव घर लग्न खोज्दा पनि फार्मेसीले रोकेको थियो। तर पछि बाँकी रकम भुक्तानी गर्ने शर्तमा शव घर ल्याउन दिएको रामचन्द्रले बताए । फाइल तस्बिर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस