। सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हि’रासतमा छन् । बानेश्वर प्रहरी वृतको पार्किङमा महँगा साइकल देख्न सकिन्छ । सुरेश र ती साईकलबीच खास सम्बन्ध छ । ती साइकल सुरेशले चोरेर जम्मा गरेका हुन् ।
सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका असामान्य छ । लकडाउन शुरु भएपछि काठमाडौँ र भक्तपुरमा साइकल चोरी ह्वात्तै बढ्यो । अ’पराध महाशाखाको चोरी नियन्त्रण गर्ने शाखाका अनुसन्धान अधिकारी चोर पत्ता लगाउन लागि परे । चोरी भएका ठाउँका सिसीटिभी फुटेज जम्मा पारेर विश्लेषण गरे ।
सिसीटिभी फुटेजका आधारमा हुलिया पहिचान गरेर महाशाखाबाट खटिएको टोलीले थापागाउँबाट सुरेशलाई प’क्राउ गर्यो । चोरीको साइकलमा घुमिरहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘लामो अनुसन्धानपछि साइकल चोरीमा संलग्न सुरेशलाई प’क्राउ गरेका छौँ,’ महानगरीय अप’राध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले भने, ‘आ’रोपीले महँगो मूल्यका साइकल चोरेर वर्कशपमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’
चोर्ने तरिका
सुरेश भक्तपुर बस्छन्, च्याम्हासिंहमा उनको घर छ । विहान घरबाट निस्कँदा उनी पैदल निस्कन्छन् । साथमा दुईवटा पेचकस हुन्छ । त्यही पेचकसको सहायताले पार्किङ गरेर राखिएका साइकलको लक खुस्काउँछन्, अनि त्यही साइकल चढेर हिँड्छन् ।
नयाँ र महँगा साइकल उनको निशानामा पर्ने गरेको छन् । प्रहरीले उनले चोरेको ८ वटा साइकल बरामद गरेको छ । ती साईकल ७० हजार देखी २ लाख मूल्यसम्मका छन् ।
विहान घरबाट निस्कँदा उनी पैदल निस्कन्छन् । साथमा दुईवटा पेचकस हुन्छ । त्यही पेचकसको सहायताले पार्किङ गरेर राखिएका साइकलको लक खुस्काउँछन्, अनि त्यही साइकल चढेर हिँड्छन् ।
लकडाउन शुरु भएपछि शंखमुलबाट सुरेशले २ लाखको साइकल सजिलै चोरे । सिसीटिभी फुटेजमा देखिएअनुसार पार्किङ गरेर राखेको सो साइकलको लक खुस्काउन पेचकसको सहायताले उनले केहीमिनेट मात्रै लगाउँछन्, अनि चढेर हिँड्छन् ।
चोरेरै तीन तले घर !
सुरेश ४४ बर्षका भए । भक्तपुरको च्याम्हासिंहमा रहेको उनको घरको तेस्रो तल्ला धमाधम फिनिसिङ हुँदै छ । लामो समयदेखि काठमाडौँ उपत्यकामा साइकल चोर्ने सुरेशले चोरेरै घर बनाएको प्रहरीको भनाइ छ ।
लामो समयदेखि चोरीमा संलग्न सुरेशले आफ्नो घर देखाउन निकै आनाकानी गरे । तर, प्रहरी द’बाबको सामु उनको केही लागेन । जब उनले आफ्नो घर देखाए, अनुसन्धानमा संलग्न प्रहरी नै छक्क परे ।
‘च्याम्हासिंहमा तीन तले घर बनाएको देखिन्छ,’ एसपी कार्की भन्छन्, ‘सुरेश साइकल चोरीमा लामो समयदेखि संलग्न छन्, घर बनाउने आय स्रोत अरु देखिँदैन ।’
साईकलचोरीका ‘मास्टरमाइन्ड’ खोज्न महाशाखाको चोरी अनुसन्धान शाखालाई लामो समय लाग्यो । ६ महिनाको खोजीपछि सुरेशलाई प’क्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
चोरेका साइकल उनले भक्तपुर नगरपालिका–९ मा लक्ष्मी सुन्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा लगेर बेच्थे । १ लाख ५० हजार मूल्य पर्ने साइकल उनले ८ देखि १५ हजारसम्म बेच्ने गरेको महाशाखाले जनाएको छ । वर्कशपमा चोरीको साइकलका २४ वटा लक फेला परेको छ ।
लामो समयदेखि चोरीमा संलग्न सुरेशले आफ्नो घर देखाउन निकै आनाकानी गरे । तर, प्रहरी द’बाबको सामु उनको केही लागेन । जब उनले आफ्नो घर देखाए, अनुसन्धानमा संलग्न प्रहरी नै छक्क परे ।
कपडाको क्लू
काठमाडौँ उपत्यकाका धुरन्धर साइकल चोर ६ महिनादेखि महाशाखाको खोजी सूचीमा थिए । तर, प’क्राउ परेका थिएनन् । असार ३० मा उनी थापागाउँमा साइकल चढेर हिँड्दै गर्दा सादा पोशाकका प्रहरीको आँखामा ठोक्कियो–‘निलो ज्याकेट ।’
धुलो छेक्न साइकल, मोटरसाइकलमा हिँड्दा लगाइने त्यही ज्याकेटको क्लूबाट ६ महिनाको प्रयासपछि समातिए रमेश माझी उर्फ सुरेश । कालो क्याप र बाँधेको लामो कपाल उनको हुलिया थियो ।
तीनकुने स्थित भ्याली रिकेश सप्लायर्स पेट्रोल पम्प नजिकैबाट साइकल चोरेको सिसीटिभी फुटेजमा देखिएको ‘निलो ज्याकेट’को हुलियाको आधारमा प्रहरीले प्रहरीले उनको खोजी गरिरहेको थियो ।
सुरेशले चोरेको साइकलकिन्ने ‘सुन्दर मोटरसाइकल वर्कशप’ सञ्चालक लक्ष्मी सुन्दर वासुलाई पनि प्रहरीले प’क्रेर चोरी मु’द्दा चलाएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस