२६ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत असर परेको बताएका छन् ।
शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले आफूहरुले देशब्यापी अभियान चलाए एकीकृत समाजमादीमा रहनेको संख्या २ प्रतिशतमा झार्ने दावी गरे ।
‘हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाए यो २÷३ प्रतिशतमा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ’ उनले भने ।
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए । उनले केपी ओली नेतृत्वको ध्रुवले आर्थिक विकास र समृद्धिको कुरा गरेको र राष्ट्रिय राजनीतिको अर्को ध्रुव अवसरवादी र सिद्धान्तहीन भएको टिप्पणी गरे ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस