कथाप्रसङ्गहरू जति भए पनि त्यसले भन्न खोजेको कुराको सार तत्त्व एउटै हुन जान्छ । आजको धर्मको अङ्कमा हामी तपाईँहरूलाई भगवान् शिवको कण्ठ कसरी नीलो भयो भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ ।‘श्री’ को प्रसादलाई इन्द्रले अपहेलना गरेको आरोपमा साधु दुर्वसाले धर्म, शक्ति र भाग्यको नाश होस् भनेर इन्द्रदेव र अरू देवहरूलाई श्राप दिएका थिए । त्यसपश्चात, देव र दानवको ठुलो यु’द्ध भयो, जहाँ सबै देवहरूलाई ‘राजा बली’का दानवहरूले हराए।सारा ब्रह्माण्ड उनको कब्जामा आउँदै थियो ।त्यसपछि, देवजातिहरू त्रीमूर्तिदेव भगवान् विष्णु भएको ठाउँमा गुहार्न गए र दानवलाई हराउनको लागि विशेष किसिमको कूटनीतिको प्रयोग गर्नुपर्ने सल्लाह दिए ।भगवान् विष्णुको सल्लाह अनुसार, देव र दानवहरूको बिच सम्झौता भयो र ‘अमृत’ (अमर गराउने जल) को लागि दुवै जाति मिलेर समुन्द्र मन्थन गर्ने अनि देव र दानव दुवैलाई अमृत बाँड्ने निर्णय भयो । तथापि, विष्णुले भने देवताहरूलाई मात्र अमृत दिने गोप्य वाचा गरे ।
समुन्द्र मन्थनको लागि ‘मन्दरा पर्वत’लाई मदनीको रूपमा प्रयोग गरियो भने ‘बासुकी नाग’ (सर्पहरूको राजा) लाई पर्वत घुमाउने डोरीको रूपमा प्रयोग गरियो । मन्थनको लागि दानवहरूले बासुकी नागको शिरपट्टी बसे र विष्णुको सल्लाह अनुसार देवताहरू पुच्छर तर्फ बसे ।बासुकीको मुखबाट निस्केको विषले कतिपय दानवहरूको मृत्यु भयो तैपनि देव र दानवहरू मिलेर बासुकीको शरीरलाई अगाडि पछाडि गर्न थाले, जसले मन्दरा पर्वत घुम्न थाल्यो र पर्वतले समुन्द्रलाई मथ्न थाल्यो । तर, समुन्द्रमा पर्वत डुब्दै गरेपछि, विष्णुले कछुवा ‘कुर्मा’को रूप धारण गरी आफ्नो ढाडमा पहाडलाई अड्याए ।समुन्द्र मन्थन गर्ने क्रममा अमृत भन्दा पहिला थुप्रै कुराहरू समुन्द्रबाट निस्कियो । त्यहाँबाट सारा ब्रह्माण्डलाई ध्वस्त गर्ने शक्ति भएको ‘हालाहाला’ विष निस्कियो, जसले गर्दा सबै देवता र दानवहरू त्रसित भए । त्यसपछि, सबै देवताहरूले भगवान् शिवको प्रार्थना गर्न लागे ।ब्रह्माण्डलाई बचाउनको लागि भगवान् शिवले उक्त विषलाई बटुलेर निल्नको लागि मुखमा राखे, तर उनकी पत्नी पार्वतीले विषको वास्तविक शक्तिलाई बुझी शिवको घाँटीमा अँठ्याइन्, ताकि शिवले त्यो विष निल्न नपाउन ।यसरी उक्त विष शिवको कण्ठमा नै नीलो रङ्ग लिएर बस्यो । अनि भगवान् शिव ‘नीलकण्ठ’ नामले पनि पुकारिन थालेको कथा हिन्दु धर्म ग्रन्थमा भेटिन्छ
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस