बालकोटको कदमपछि नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल राजधानी छाड्न लागेका छन् । रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका हुन् ।पछिल्लो समय अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई वास्ता नगरेको र दश बुँदे सहमति कार्यान्वयन गर्नपनि चासो नदिएको चर्चा भएको छ। पार्टीको सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टलाई नै काम गर्न दिनुपर्ने भन्दै अध्यक्ष ओलीले रावललाई उपाध्यक्षको रुपमा सहजीकरण गरिदिन निर्देशन दिएपछि उनी ओलीसँग रुष्ट बनेका हुन् ।
यस्तै रावलले राजधानी छाड्ने खबर बाहिरिएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जान लागेको खबर बाहिरिएको छ । प्रधानमन्त्रीबाट हटेपछि ओली मंगलबार पहिलो पटक झापा आउन लागेका हुन्।ओली यति एयरलाइन्सको उडानबाट मंगलबार बिहान १० बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउने र त्यसपछि बिर्तामोडस्थित सिटी सेन्टरको साई प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। भेलामा स्थानीय तह, जिल्ला र केन्द्रीय स्तरको नेता तथा कार्यकर्ताहरूको सहभागिता जनाइएको छ।
अध्यक्ष ओली भदौ २७ गते झापा आउने कार्यक्रम तय भएको थियो। विशेष कारणले दुई दिनलाई कार्यक्रम पछि सारिएको एमाले झापाका सचिवालय सदस्य शिव ढुंगेलले जानकारी दिए ।कार्यक्रमका लागि एमाले जिल्ला कार्यसमितिले सम्पूर्ण तयारी पूरा गरिसकेको उनले बताए। कार्यक्रममा सहभागीपछि अध्यक्ष ओली मंगलबार दिउँसो २ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस