hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  समाचार

रासायनिक मलमा यो वर्ष पनि किसानलाई झे ल

रासायनिक मलमा यो वर्ष पनि किसानलाई झे ल
रासायनिक मलमा यो वर्ष पनि किसानलाई झे ल
September 14, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

२९ भदौ, काठमाडौं । धानमा हाल्न रासायनिक मलको चरम अभाव भएपछि १६ भदौ २०७७ मा तत्कालीन प्रधानमन्न्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षी शेख हसिनालाई टेलिफोन गरी मल पैंचो मागे । प्रधानमन्त्री तहबाटै फोन सम्वाद भएपछि बंगलादेशले नेपाललाई ५० हजार मेट्रिकटन युरिया मल बिक्री गर्ने सहमति दियो ।

यसले मलको डिपोमा लाइन बसेका किसानमा आश पलायो । तर धानबालीमा हाल्न मगाएको युरिया मल तरकारी, तोरी, गहुँ र हाईब्रिट मकैको सिजन सकिँदा समेत आएन । दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको १० महिनापछि २६ जेठ २०७७ मा पहिलो लट मल कृषि सामग्री कम्पनीको वीरगञ्ज कार्यालयमा आइपुग्यो । बाँकी मल असार अन्तिम साता भित्रियो । तर मल अभावको समस्या समाधान भएन ।

सरकारी लापरबाहीका कारण २०७७ सालभर रासायनिक मलको अभाव झेलेका किसानहरुले यो वर्ष पनि त्यही नियति भोग्दैछन् । मलको ठेक्का पाएका ठेकदारले समयमै मल नल्याउने, ठेकदारलाई कारबाही गर्न अदालतले रोक्ने र वैकल्पिक स्रोत सुनिश्चित गर्न सरकारले चासो नदिएका कारण फेरि रासायनिक मलको अभाव हुन थालेको छ ।

रित्तिए देशभरका डिपो

सरकारी अनुदानको रासायनिक मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति छ । दुवै कम्पनीले मल आयातका लागि ठेक्का दिन्छ । कृषि मन्त्रालयका अनुसार गहुँको मुख्य सिजन र बेमौसी मकैबालीको लागि यो वर्ष देशभर एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल चाहिन्छ । मल खरिद र बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका अनुसार आजको दिनसम्म मुस्किलले ६ हजार चार सय टन मात्रै रासायनिक मल देशभरका डिपोमा छन् ।

यसवर्ष पनि दुवै कम्पनीले मलको ठेक्का प्रक्रिया समयमै थाले । कृषि सामग्रीले आह्वान गरेको बोलपत्रमा आवेदन नै परेन । गहुँका लागि मल ल्याउन ११ पटकसम्म ठेक्का नलागेको र ठेक्का लागेको ६० हजार मेट्रिकटन मल पनि तोकेको समयमा आउन नसकेको कृषि सामग्री कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । ‘ठेक्का लागेको ६० हजार मेट्रिकटन युरिया समयमै आएको भए र थप ठेक्का लागेको भए मलको सुनिश्चितता हुन्थ्यो । त्यसो हुन सकेन,’ कार्कीले भने ।

साल्ट ट्रेडिङको ठेक्का पाएको कम्पनीले पनि समयमा मल ल्याएन । मुख्य मौसममा खरिद गरेको मल नआए पनि कृषि मन्त्रालयले बंगलादेशको मललाई देखाएर असारमा मल अभाव नभएको प्रचार गरिह्यो । पछिल्लो समय मन्त्रालय मन्त्रीविहीन छ । यसले पनि मल आयात प्राथमिकतामा परेन । गत वर्षका लागि मगाइएको मलले वर्षायामको रोपाइँलाई जेनतेन धाने पनि अहिले देशभरका मलको डिपोहरु रित्तो भएका छन् ।

१ लाख ५० मेट्रिकटन चाहिन्छ मल

कृषि मन्त्रालयका अनुसार गहुँको मुख्य सिजन र बेमौसी मकैबालीको लागि यो वर्ष देशभर एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल चाहिन्छ । मल खरिद र बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका अनुसार आजको दिनसम्म मुस्किलले ६ हजार चार सय टन मात्रै रासायनिक मल देशभरका डिपोमा छन् ।

कृषि सामग्रीसँग युरिया २५ सय टन युरिया र डिएपी ३०० टन रहेको कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । मुस्किलले युरिया तीन दिनलाई पुग्ने र डिएपी त छरिएर विभिन्न डिपोमा रहेका कारण भए नभएको बराबर भएको उनले बताए । साल्ट ट्रेडिङले आफूसँग पोटास बाहेकको अन्य मल वितरणका लागि नभएको जनाएको छ । देशभरका डिपोहरुमा डिएपी १४ सय, युरिया ३ सय र पोटास १९ सय टन मात्र रहेको साल्ट ट्रेडिङ कम्पनीका सूचना अधिकारी कुमारराज भण्डारीले बताए ।

तत्काल मल आउने सम्भावना कति ?

मलका लागि किसानहरु डिपोमा लाइन लाग्न थालेपछि कृषि मन्त्रालयले एक महिनामा थोरै भए पनि मल आइपुग्ने दाबी गरेको छ । तर मल आयातको प्रक्रिया थालेका दुवै सरकारी कम्पनीले एक महिनामा मल आउन सम्भव नरहेको जनाएका छन् । चीनबाट ठेकदारमार्फत आयात गरेको १० हजार मेट्रिकटन युरिया र ५ हजार मेट्रिकटन डीएपी मल मात्रै एक महिनामा आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

३० हजार मेट्रिकटन युरियाको जहाज कोलकाता आउँदै गरेको कम्पनीका सूचना अधिकारी कार्कीले बताए । २५ हजार मेट्रिकटनको डीएपी भेसल पनि आउने क्रममा रहेको, तर उत्तरी नाका बाहेकको मल एक महिनामा आइपुग्न कठिन हुने उनको भनाइ छ । अर्को सरकारी कम्पनी साल्ट ट्रेडिङले पनि असोजको १५ सम्म २५ हजार युरिया मल आइपुग्ने जनाएको छ । ५० हजार युरिया र २५ हजार डीएपी मल पनि आउने प्रक्रियामा छ ।

ठेक्कामा विकृति

धान र गहुँको लागि भन्दै कृषि सामग्री र साल्टले एक लाख ३० हजार मेट्रिकटन मलको खरिद शुरु गरेका थिए । कृषि सामग्रीको ६० हजार मेट्रिकटन युरिया, साल्टको ५० हजार युरिया र साल्टकै २० हजार मेट्रिकटन युरिया मलको ठेक्का एउटै नेपाली कम्पनी जोशी बिजले पाएको थियो । पाँच अर्ब हाराहारीको ठेक्काबाट एक किलो पनि मल नआएको दुवै कम्पनीले जनाएका छन् । ५० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन गरेर ७० हजार मेट्रिकटन मलको ठेक्का साल्ट र ६० हजार मेट्रिकटन युरियाको ठेक्का कृषि सामग्री कम्पनीले गरेको थियो । कुनै पनि ठेक्काबाट हालसम्म मल प्राप्त भएको छैन ।

असारमा धानकै लागि भन्दै तत्कालीन कृषिमन्त्री पद्माकुमारी अर्यालले द्रूतगतिबाट ५० हजार मेट्रिकटन युरिया मल ल्याउने निर्णय गरिन् । कृषि मन्त्रालयका अनुसार रासायनिक मल खरिदसम्बन्धी कार्यविधिमै नभएको प्रक्रिया मिचेर मन्त्री अर्यालले पौने चार अर्ब रुपैयाँ बराबरको उक्त कोटा साल्ट ट्रेडिङलाई दिइन्, जसबाट जोशी बिजले ठेक्का पायो । फागुनमा भएको सम्झौता अनुसार असारमै मल आइसक्नुपर्ने हो, तर मल आएन । कोरोनाका कारण पोर्टहरु बन्द हुँदा २० हजार मेट्रिकटन डीएपीसहित ७० हजार मेट्रिकटन मल समयमै नआएको साल्ट ट्रेड्रिङ कम्पनीको दाबी छ ।

मल नल्याउने ठेकदारलाई कारबाही गर्न खोजे पनि अदालतका कारण सम्भव नभएको कम्पनीको दाबी छ । ठेकदार कम्पनी जोशी बिजले आफूलाई कारबाही नगर्न माग गर्दै असार पहिलो साता सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । जसमा ६ असारमा ठेकदार कम्पनीलाई कारबाही नगर्न अन्तरिमकालीन आदेश जारी भएको थियो । कम्पनीका एक अधिकारी भन्छन्, ‘सर्वाेच्चमा मुद्दा लम्बिँदा किसान पनि मल नपाएर छटपटिने र मल नल्याउने ठेकदारलाई पनि कारबाही नहुने अवस्था भयो ।’

अभाव नहुने मन्त्रालयको दाबी

तराईका जिल्लामा कृषकले मागेजति मल दिन नसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकार गरेको छ । मलको मौज्दात सकिँदै गएको, तर सेप्टेम्बर २० सम्म थप १५ हजार मेट्रिकटन मल भण्डारण थपिने मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । उत्तरी नाकाबाट आयात गरिएको १० हजार मेट्रिकटन युरिया र ५ हजार मेट्रिकटन डीएपी ढिलोमा अक्टोबर पहिलो सातासम्म आइपुग्ने प्रवक्ता सञ्जेलको दाबी छ ।

‘अहिलेको अभाव यसले हल गर्छ, गहुँको मुख्य सिजनका लागि ग्लोबल टेण्डर गरेको मल प्राप्त हुन्छ,’ प्रवक्ता सञ्जेलले भने । साल्ट र कृषि सामग्रीबाट झण्डै १२ अर्ब रुपैयाँ बराबरको मलको लागि टेण्डर भइसकेको र त्यसबाट प्राप्त मलले गहुँलाई अभाव नहुने उनको तर्क छ । आगामी धानको सिजनलाई भने भारतबाट वार्षिक एक लाख ५० हजार मल ल्याउनका लागि गरिने जीटूजीबाट सहज हुने उनले बताए ।

  • #रासायनिक मलमा यो वर्ष पनि किसानलाई झे ल

समाचार बाट थप

  • अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना
  • एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा
  • आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
  • आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    अभिनेत्री निरुता सिंहले मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद आज सुरु

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अभ्यासका क्रममा ललित राजवंशी घाइते

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    जरिन खान विरुद्ध पक्राउ पुर्जी जारी, के हो पूरा घटना ?

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    केकी र रीमालाई लिएर विमलेशले घोषणा गरे ‘ह्याप्पी डिभोर्स’

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    अझै भेटिएनन् बाल सुधार गृहबाट भागेका चार जना

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    एशियाली खेलकुद प्रतियोगिता चीनको हाङ्चाओमा

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    आजबाट चीनको हाङ्चाओमा एसियाली खेलकुद महाकुम्भ सुरु

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑