कानेपोखरी । आउनै लागेको क्रियायाशिल सदस्य रोकिएको भन्दै विरोधसभा सुरु भएपछि मोरङको कानेपोखरी कांग्रेसको अधिवेशन अनि श्चित भएको छ ।
कानेपोखरी गाउँपालिका ५ र ७ नम्बर वडाका सन्तोष सुरुङलगायत १० भन्दा बढीको नाम क्रियाशिलल सदस्य १ नम्बर प्रदेश सांसद सुयर्माराज राईले रोकेको भन्दै विरोध सुरु भएपछि अधिवेशन अनि श्चित भएको हो ।
शुक्रबार सन्तोष गुरुङलगायतका युवाले आइतबारेमा वृहत विरोधसभा गरेका थिए । सभामा कानेपोखरी गाउँ समिति सभापति योगेन्द्र दाहाल, ७ नम्बर वडा सभापति रन्त भुजेललगायतको उपस्थितिमा वि रोध भएको थियो । कार्यक्रममा सन्तोष गुरुङले क्रियाशिल सदस्यता विवाद समाधान नभएसम्म कुनै हालतमा गाउँ अधिवेशन हुन नदिने बताए ।
कार्यक्रममा करिव चार सय कांग्रेस नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । कानेपोखरी ७ का सन्तोष गुरुङ, जीवन परियार, नवीन लिम्बू, ५ नम्बर वडाका दीपक राई, दशराज राई, मनोज राई, रविन, श्याम राईलगायतको क्रियाशिल सदस्यता आउनै लाग्दा कानेपोखरी नै घर भएका प्रदेश १ सांसद तथा प्रदेशसभा नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले निवेदन हालेपछि रोकिएको भन्दै युवाहरू आ क्रोशित भएका हुन् ।
शुक्रबार आयोजित विरोधसभामा सूयर्माराज राईविरुद्व आक्रोस पोख्दै कुनै हालतमा अधिवेशन हुन नदिने बताएका थिए । गुरुङले गाउँ सभापति योगेन्द्र दाहाल, वडा सभापति रत्न भुजेललगायत कांग्रेस नेता कार्यकर्ताहरुको साथ रहेको भन्दै अधिवेशन हुनै नदिने बताएका छन् ।
विरोध गर्ने समूहले सूयर्माराज राईले चाहेको खण्डमा छुटफुट भएको भनेर केन्द्रमा पहल गर्दा मिल्न सक्ने भनाइ छ ।
यता सांसद राईले भने कानेपोखरी गाउँ सभापति दाहाल र क्षेत्रीय सभापति गणेश खड्काले पार्टीको विधि, विधान विपरीत नाम सिफारिस गरेकोले केन्द्रीय टालीले छानविन गर्दासमेत विधिमा नरहेको पाएपछि रोकिएको बताए । राईले वडा समितिले उजुरी दिएको र स्पष्टीकरण दिन आफू केन्द्रीय समितिसम्म गएको स्वीकार गरे ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस