hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल

कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल
राजधानी पत्र December 21, 2020 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

५ पुस, काठमाडौं । गत वर्षको मंसिर पहिलो साता काठमाडौं महानगरपालिका-१ हात्तीसारमा भवन निर्माणको लागि जग खन्दा लिच्छविकालीन ढुंगेधारा (हिटी) भेटियो । त्यो धारा पुरेर भवन बनाउन थालिएपछि स्थानीयले संघर्ष समिति बनाएर प्रतिरोध गरे । त्यसको थप उत्खनन् गरेका पुरातत्वविद्हरूको अनुमान थियो- यो ढुंगाधारा नै कमलपोखरीको पानीको मूल स्रोत हुन सक्छ । काठमाडौं उपत्यकाको मध्यक्षेत्रको ढुंगेधारा, इनार र ट्युबेलको भूमिगत स्रोतमध्येको एक कमलपोखरीलाई आकर्षक बनाउने प्रयास जारी छ । यो पोखरीले आधुनिक स्वरूप पाएपछि त्यस क्षेत्रको भूमिगत पानीको स्रोतमा असर पर्छ कि पर्दैन केही समयभित्रै थाहा हुनेछ ।

काठमाडौंका पोखरीहरूको ऐतिहासिक-प्राकृतिक महत्व बुझ्नेहरूले भने कमलपोखरीलाई आकर्षक पार्ने योजनामाथि नै प्रश्न उठाइरहेका छन् । उनीहरूका अनुसार सौन्दर्यीकरण गर्ने भन्दै थालिएको कामले कमलपोखरीको मौलिकतामा प्रहार गरेको छ। यसरी कंक्रिट संरचना तयार पारेर पोखरी बनाउँदा कमलपोखरी स्विमिङ पुल बन्ने चिन्ता अभियान्ताहरूको छ । कमलपोखरीमा अहिले डोजर चलिरहेको छ । पोखरीको ऐतिहासिकता पुष्टि नभएको कारण देखाएर विगतमा रानीपोखरीमा भएकै शैलीमा काम हुँदैछ । त्यसको विरुद्ध स्वर पनि उठ्न थालेको छ । काठमाडौं महानगरपालिकाले भने त्यसलाई वास्तै नगरी कामलाई गति दिएको छ ।

कमलपोखरीको ऐतिहासिकता र पुरातात्विक महत्वबारे अहिलेसम्म अध्ययन, अनुसन्धान र अन्वेषण भएको छैन । केहीले यसलाई लिच्छविकालीन, कसैले मल्लकालीन र कतिले शताब्दी पनि नकटेको पोखरी भनेका छन् । पुरातत्वविद् सुदर्शनराज तिवारीका अनुसार यो पोखरीको आधा भाग अतिक्रमणमा परिसकेको छ । कहिले सडकका लागि त कहिले पार्क बनाउने भन्दै पोखरी मिचिएको छ । पोखरी वरपर ठूलाठूला भवनहरू थपिएका छन् । अहिले बचेको भागमा संरचनाहरू थप्ने कामले गति लिएको छ । अब महानगरपालिकोले पार्क बनाइसक्दा कमलपोखरीको स्वरूप पूरै फेरिने छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठ नक्साल लगायतका पुराना बस्तीको ढल आउने यो पोखरीलाई राम्रो बनाउन लागेको बताउँछन् ।

‘७७ वर्षको म यहीको बासिन्दा हुँ । मैले जान्दादेखि यो पोखरी दिसा बस्ने ठाउँ थियो,’ उनी भन्छन्, ‘यो ऐतिहासिक पोखरी हो भन्ने कुनै प्रमाण छैन । यसलाई अतिरञ्जित गर्ने काम मात्र भइरहेको छ ।’ सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर भने कमलपोखरी ऐतिहासिक महत्वको भएको बताउँछन् । ‘यो सिम्सार क्षेत्र पनि भएकोले यसलाई सुकाएर प्राकृतिक पानी रिचार्ज प्रक्रिया अवरुद्ध पार्ने हर्कत गर्नुहुँदैन’, उनी भन्छन्, ‘पोखरीमाथि कंक्रिटका संरचना थप्नु बिल्कुलै गलत काम हो ।’ पहिले रानीपोखरीमा कंक्रिट प्रयोग गरेकाले हटाइएको कम्पनीलाई कमलपोखरी जिम्मा लगाएकोले पनि शंका भएको तुलाधर बताउँछन् । ‘कमलपोखरीको गुरुयोजनाको जानकारी पाउन सूचनाको हक अन्तर्गत निवेदन दिन परेको छ,’ उनले भने, ‘जनतासँग लुकाएर गरिएको काम रोक्न अर्को कानुनी झमेला गर्नुपर्ने अवस्था छ ।’ महानगरपालिकाले कमलपोखरीमा रानीपोखरीकै अनुभव पनि प्रयोग नगर्नु दुखद् भएको उनले बताए  । स्रोत अनलाईन खबर बाट

  • #कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल

मुख्य समाचार बाट थप

  • शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ। शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।
  • चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने
  • प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने
  • आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑