एकाबिहानै सर्मिला माथि प्रेम कला ( उनकी सासु ) झर्कन थालिन् । ” एउटा बच्चा पनि पाउन नसक्ने कस्ती बाँझी आइमाई हो । बिहे गरेको यत्रो वर्ष भइसक्दा पनि एउटा सन्तान को इच्छा लागेन तँलाई अलछिना ”
प्रेम कला को कुरा सुनेर सर्मिला लाई भन्न मन लाग्यो ” बाँझी म होइन , तपाईंको छोरा हो । ” तर उनी चुपचाप गहभरी आशु बनाउँदै केवल उनको कुरा सुनिरहिन ।
साँझपख रमेश ( सर्मिला को श्रीमान ) घर आएपछि प्रेम कला ले रमेश सँग भन्छिन् ” मेरो मर्ने बेला हुन लागिसक्यो । नाति को मुख नदेखाई मर्न दिन्छस् त बाबु ”
उनको कुरा सुनेर रमेश ले भन्छन् ” आमा तपाईंलाई जलाउनि मैले नै हो किन चाईयो नाति ? ” र हाँस्छन् ।
प्रेम कला फेरि बोल्छिन् ” एउटा असल केटी खोजेर बिहे गर । यो बाँझी बाट त नाति को आस गरेकी छैन , अब तैंले आर्की भित्र्या । ”
रमेश ले बिहेको लागि अस्वीकार गर्छन् तर प्रेम कला को ढिपी को अगाडि केही चल्दैन । उनले बिहे गर्ने निधो गर्छन् । सर्मिला रमेश को अगाडि रुन्छिन् , कराउँछिन् तर उनको केही सीप लाग्दैन ।
सर्मिला ले घर छोडेर निस्किन्छन् ।
सर्मिला घर छोडेर माइत नगई छुट्टै डेरा गरेर बस्छिन् अनि आफै सानो व्यवसाय चलाउँछिन् । यसै गरी पाँच वर्ष बित्छ ।
एकदिन सर्मिला यत्तिकै बसिरहेकी हुन्छिन् , उनको फोन बज्छ । फोन तिर हेरेर उनी झसङ्ग हुन्छिन् । रमेश को फोन आएको रहेछ । सर्मिला ले फोन उठाउछिन्
” हेलो ”
(रमेश को लामो लामो सास को आवाज आउँछ ।)
सर्मिला फेरि ” हेलो रमेश ”
रमेश ” सर्मिला म तिमीसँग भेटेर कुरा गर्न चाहन्छु । ”
सर्मिला ” ठीक छ भोलि भेटौला ”
फोन को वार्तालाप ले सर्मिला सोच्न थाल्छिन् । ” पक्कै डिभोर्स को लागि भेट्न खोजेको होला । ”
भोलिपल्ट सर्मिला रमेश भेट हुन्छन् । सर्मिला ले रमेश लाई भेट्न खोज्नु को कारण सोध्छिन् ।
अनि रमेश ले भन्छन ” तिम्लाई थाहा छ पुस्पा , मेरी बहिनी । उसको पनि अहिले सम्म बच्चा भएको छैन । उनको सासु ले पनि अर्को बिहे गर्न कर गर्दा पनि ज्वाइँ ले बहिनी लाई धेरै सपोर्ट गरेर बिहे गर्दिन भने । ”
रमेश को कुरा सुनेर सर्मिला ले भनिन् ” भाग्यमानी रहिछन् पुष्पा ”
कुरा लाई यही रोक्दै सर्मिला ले फेरि सोधिन् ” मलाई यहाँ बोलाउनु को कारण ? ”
रमेश ले आँखा भरी आँसु पार्दै भन्छन् ” मलाई माफ गरिदेउ सर्मिला । आमाको चित्त नदुःखोस् भनेर मैले केवल आमाकै कुरा मा हुन्छ भरिरहे , मैले तिम्रो बारेमा पनि सोच्नु पर्ने थियो । । म आफ्नो गल्ति को प्रश्चित गर्न चाहन्छु । हिड , म तिमीलाई घर लैजान आएको । ”
रमेश को कुरा सुनेर सर्मिला ले भनिन् ” म तिमीसँग जान्छु भनेर आएकी होइन , मैले तिमी डिभोर्स माग्न अाएकाे होलाऊ भनेर आएकी , खोइ देऊ , म दस्तखत गरिदिन्छु । त्यस बापत मलाई केही चाहिँदैन । तर तिमी यो सोचेर आएको छौ कि म तिमीसँग फर्किएर जानेछु , तब तिमी भ्रम मा छौ । मैले त्यो घरमा आफ्नो आत्म सम्मान गुमाएकी छु । ”
लामो सास लिँदै सर्मिलाले फेरि भनिन ” नीकै मुश्किल ले मैले आफूलाई सम्हालेकी छु । मैले नयाँ जिन्दगी सुरुवात गरिसके । अब म त्यो पुरानो जिन्दगी मा फर्किएर जान चाहन्न , जहाँ मेरो आत्मसम्मान को कदर नहोस् । ”
रमेश पश्चाताप बोध गर्दै सर्मिला को अनुहार तिर एक टक ले हेरिरहन्छन् । सर्मिला आँखा भरी आँसु बनाउँदै त्यहाँ बाट सरासर आफ्नो डेरा तिर लाग्छिन् ।
सैलु सेलिनाद्धारा रचित कथा आत्मसम्मान
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस