नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मन्त्री छान्ने सम्पुर्ण अधिकार आफै लिनुभएको छ । स्थायी समितिको बैठकबाट आज अध्यक्ष प्रचण्डले मन्त्री छान्ने अधिकार आफूले लिनुभएको हो ।
बैठकबाट अध्यक्ष प्रचण्डलाई अधिकार दिएसँगै बीना मगरलाई मन्त्रीबाट रोक्ने सवै हतियार बि फल भएको छ । अव ठुलै दवाव नपरेको अवस्थामा मगर देउवा सरकारमा मन्त्री हुने प्रचण्ड निकट स्रोतले बतायो । यद्यपी प्रचण्डपुत्री रेनु दाहाल र गंगा दाहाल न्वारानदेखिको बल लगाएर बीनालाई रोक्न लागेको बताइएको छ ।आज बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने सत्तारुढबीचको सहमतिलाई अनुमोदन पनि गरेको छ ।
माधव नेपाललाई सहज बनाइ एमाले बिभाजन गर्नकै लागि ल्याइएको २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो । अनलाइन मार्गबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस