१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद वि’घटनसँगै आफूसामु ल’ड्ने कि आत्म’हत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रा’न्तिकारी ढंगले ल’ड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ ।
अ’नेरास्ववियू क्रा’न्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई बिहीबार प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले साविकको ने’कपामा नि’रंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि ल’ड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।
भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर मा (धर्ती माता) यति नै रहेछ गर्न भनेर आ’त्मह’त्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आत्म’समर्पण त गर्न सक्दिनँ, हजारौं श’हीद, घा’इते अपांगको ऋ’ण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सु’साइड गर्नुपर्ने या त ल’ड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
यसो भन्दै गर्दा उनको गला अवरु’द्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि ल’ड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जे’ल जानुपर्छ भने जाने, मा’रिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आ’न्दोलन ।’
माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आ’शंका रहेको उनले बताए । तर सडकमा आउँदा मु’क्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’
२०५२ फागुनमा ज’नयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए । त्यसबेला दुई जना वैकल्पिक सहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले भने, ‘हामीमध्ये धेरैजसो म’र्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होल’टाइमर ६०/६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।’
तर ज’नयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आ’न्दोलनबाट के सिक्यौं भने बि’ग्रिएको का’र्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ ।’ स्रोत अनलाइनखबर
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस