काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरमा यात्रा गर्न झनै त्रा स बढेको छ । उक्त एयरको जहाजमा स मस्या आएपछि बिहीबार काठमाडौं–विराटनगर उडान करिब डेढ घण्टा ढिलो भएको थियो। कम्पनीको ९ एन-एएमएफ कलसाइनको जहाजमा प्राविधिक स मस्या आएपछि यात्रुलाई अर्को जहाजमा विराटनगर पठाइएको त्रिभुवन विमानस्थलले जनाएको छ।
बिहीबार बिहान ११ः५० बजेको उडानका लागि तयारी अवस्थामा राखिएको ९ एन-एएमएफ कलसाइनको जहाजमा प्राविधिक स मस्या आएपछि कम्पनीले उक्त विमानको यात्रुलाई १ः१९ बजे ९ एन-एएनएच कलसाइनको जहाजमा विराटनगर पठाएको विमानस्थलले जनाएको छ।
पछिल्लो समयमा बुद्धको जहाजमा निरन्तर रुपमा स मस्या आइरहेको छ। बुद्धले जहाजमा आएको प्राविधिक स मस्यालाई गोप्य राखेको छ। कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जहाजमा प्राविधिक स मस्या आएको बारेमा आफूलाई कुनै जानकारी नआएको बताए। प्राविधिक स मस्या आएको बारेमा मलाई कुनै जानकारी छैन, उनले भने।
विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत बुद्धले जहाजमा आएको खराबीका बारेमा कुनै जानकारी गराएको छैन। सबैभन्दा बढी बजार हिस्सा रहेको बुद्धको जहाजमा पछिल्लो समयमा पटकपटक खराबी आइरहेको छ।
स्रोतका अनुसार कतिपय स मस्यालाई कम्पनीले प्राधिकरणका उच्च अधिकारीको मिलेमतोमा गो प्य नै राख्ने गरेको थियो। तर सोमबार जहाजको पाँग्रा नै नखुलेर अवतरण गर्न नसकेपछि मात्रै बुद्धको जहाजको प्राविधिक स मस्या वाहिरिएको थियो।
सोमबार स मस्या आएको जहाज अध्ययन प्रतिवेदन नआइ मंगलबारबाटै उडान थालिएको थियो। तर त्यो जहाजका क्याप्टेन र पाइलटलाई भने ग्राउण्डेड गरिएको छ।
स्रोतका अनुसार साउनमा काठमाडौं धनगढी उडानका क्रममा प्राविधिक स मस्या आएपछि जहाज बीचबाटै फर्काएर काठमाडौंमा अवतरण गरिएको थियो। यो जहाज बीचबाटै फर्काएर काठमाडौंमा किन अवतरण गरियो भन्ने बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन। गत सोमबार कम्पनीको जहाजमा विराटनगरसँगै पोखरा उडानमा समेत धुँवा आएको थियो।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस