काठमाडौँ – नेपाली कांग्रेसका सांसद तथा उद्योगी समाजवादी केन्द्र नेपालले उद्योगी विनोद चौधरीको नाम कालोसूचीमा परेको जनाएको छ । प्रेस विज्ञप्ति निकाल्दै समाजवादी केन्द्रले चौधरीसहित अजय राज सुमार्गी, गोल्छा ग्रुपका संचालक, याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेडका संचालक राधेश्याम सराफलाई कालोसूचीमा राखेको जनाएको हो ।
सो पार्टीले उनीहरुलाई पक्राउ गरी बैंक खाता रोक्का गर्न समेत माग गरेको छ । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट ९आईसीआईजे०को रिर्पोट अनुसार चौधरीले विदेशमा गैरकानुनी रुपमा लगानी गरेको भन्दै यसको निश्पक्ष छानविनका लागि पक्राउ गरी बैंक खाता रोक्का गर्न माग गरेको हो ।
सोमबार एक विज्ञप्ति निकाल्दै समाजवादी केन्द्रले प्यान्डोरा पेपर्समार्फत सार्वजनिक गरेको विवरणप्रति समाजवादी केन्द्र नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सो पार्टीले पेपर्समा नाम सार्वजनिक भएका विनोद चौधरी, अजय राज सुमार्गी, गोल्छा ग्रुपका संचालक, याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेडका संचालक राधेश्याम सराफ लगायतले नेपालको कानुन विपरित ट्याक्स हेभन मुलुकमा अर्बौ रुपैयाँ लगानी गरी मुलुकको अर्थतन्त्रमा गम्भीर राष्ट्रघात गरेको भन्दै विरोध गरेको हो ।
पार्टी अध्यक्ष युवराज सफलद्धारा जारी विज्ञप्तिमा उक्त रिर्पोटमा समावेश भएको व्यक्तिहरुलाई कानुन बमोजिम पक्राउ गरी आवश्यक कारबाही गर्न तथा निजहरुको स्वदेशमा संचालित उद्योग धन्दाहरुको बैँक खाता बन्द गरी विदेशमा समेत त्यहाँको निकायसँग समन्वय गरी खाता रोक्का गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
समाजवादी केन्द्र नेपालको माग बमोजिम सरकारले सो नगर्ने हो भने यस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई समाजवादी केन्द्र नेपालले जनस्तरबाट जस्तोसुकै कारबाही गर्ने र सो जिम्मेवारी नेपाल सरकार र सम्बन्धीत पक्षले नै लिने भनिएको छ ।
‘यहाँभन्दा अघि नाम सार्वजनिक भएका व्यक्तिहरु र अहिले नाम सार्वजनिक भएका व्यक्ति, निकायलाई समाजवादी केन्द्र नेपालले कालो सूचिमा राखेको र निजहरुलाई आवश्यक कारबाही गर्न गराउन समाजवादी केन्द्र नेपाल जस्तोसुकै जोखिम मोल्न तयार रहेको पनि यसै विज्ञप्तीमार्फत अवगत गराउन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
समाजवादी केन्द्रले कालाधन थुपार्नेमाथि अनुसन्धान गरेकोमा आईसीआईजेलाई विशेष धन्यवादसमेत दिएको छ । ‘खोज पत्रकारिता केन्द्र नेपाललाई समेत प्राप्त जानकारी सार्वजनिक गरेकोमा विशेष आभार प्रकट गर्दै यस विषयको समाचार सम्प्रेषण गर्ने सम्पुर्ण संचार माध्यमलाई समेत समाजवादी केन्द्र नेपाल विशेष धन्यवाद दिदैँ हाम्रो पार्टी समाजवादी केन्द्रले उठाएका विषयहरुको समाचार सम्प्रेषण गरी सहयोग गरिदिनुहुन विशेष अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस