पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बनेर श्रीपेच लगाई नारायणहिटी छिर्न मन लागेको छ । उनले मुलुकले आफ्नो नेतृत्व खोजेको दाबी गरेका हुन् ।बडादसैंका अवसरमा मंगलबार स्वदेश तथा विदेशमा रहेका नेपालीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको उल्लेख गरे । तर, प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने बोध आफूमा भएको उनको भनाइ छ ।
नेपाली समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक नरहेको भन्दै उनले तर, राजनीति र राजकाजी चालचलन त्यसअरुप हुन नसकेको टिप्पणी गरे । लोक कल्याणका हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने भए पनि राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको पनि गुट उपगुटमा विभक्त भएको ज्ञानेन्द्रको भनाइ छ ।
पूर्वराजाले सन्देशमा कोरोना महामारी, प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आमनेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न नपाएको उल्लेख गरेका छन् । पूर्वराजाले परिवर्तनको प्रभाव जनताले जीवनमा अनुभूत गर्न नसकेको स्पष्ट गरेका छन् ।
ज्ञानेन्द्रले मुलुकमा भ्रष्टाचार बढेको तथा सार्वभौमिकता, राष्ट्रियता , राष्ट्रिय एकता, मौलिक धर्म संस्कृति र राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकामा आफ्नो मन पोलेको बताए ।
‘दुर्भाग्यबस शिक्षा, स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,’ पूर्वराजाले सन्देशमा भनेका छन्, ‘सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ ।’
हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने भन्दै उनले राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने र त्यो आफूहरुको मान्यता र परम्परा पनि नभएको दाबी गरे । सन्देशमा पूर्वराजाले शाह वंशीय राजपद्धतिको इतिहासले राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिर कुनै पनि समस्याको समाधान नखोजेको र नखोज्ने स्पष्ट गरेका छन् ।
देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दमित भए पनि नामेट हुन नसक्ने र योग्य समयमा समुचित तरिकाबाट प्रष्फुटित हुने उनको भनाइ छ । ‘केही समय यता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठामात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रुपमा बुझेका छौं’, सन्देशमा भनेका छन् ।
प्रजातन्त्रिक, प्रगतिशील या अन्य जुनसूकै विचारप्रति अस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास उनले व्यक्त गरेका छन् । ‘अतितका गौरवपूर्ण विधि, व्यवस्थालाई सम्झेर विद्यमानका नमिल्दो स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति राज्य व्यवस्थाका सबै क्रियाशील शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभूति हो भन्ने हाम्रो धारणा छ,’ सन्देशमा उनले भनेका छन्,, ‘देशभन्दा माथि हामी कोही पनि छैनौं । श्री नवदुर्गा भवानीले सबै नेपालीमा राष्ट्र कर्तव्य निर्वाह गर्न सामर्थ प्रदान गरुन्, यही हाम्रो कामना छ ।https://www.facebook.com/watch/?v=912406853047731
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस