काठमाडौं । पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै महंगो भने पर्दैन । बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ ।
Acqua di Cristallo Tributo a Modigaliani ब्राण्डको पानीलाई संसारको सबैभन्दा महंगो पानी मानिन्छ । फिजी र फ्रान्समा प्राकृतिम मूलबाट निस्किएको यो पानी शुद्ध र निर्मल त छ नै तर यसको प्याकिङ तथा बोतलका कारण यो बहुमूल्य बनेको हो । साथै यो पानी विशेष स्वादयुक्त तथा प्रचूर लवणयुक्त भएको बताइन्छ ।
७ सय ५० मिलिलिटर पानीको एक बोतलको मूल्य ७२ लाख रुपैयाँ बराबरको रकम पर्दछ । अक्वा दी क्रिस्टेलो ट्रिबूटो अ मोडिगलियानी नामक उक्त पानीको बोतल २४ क्यारेट सुनबाट बनाइएको हुन्छ । धेरै वैज्ञानिकहरुले आयु वृद्धि गर्छ भने पनि तस्तो न भएको अल्तामिरानोले बताएका छ्न । त्यो भर्म मात्र भएको पनि बताए ।
संसारको सबैभन्दा महंगो पानीको उक्त बोतलको डिजाइन विश्व प्रसिद्ध बोतल डिजाइनर फर्नान्डो अल्तामिरानोले गरेका हुन् । स्मरण रहोस् संसारको सबैभन्दा महंगो बोतल कान्येक डुडोगन हेरिटेज हेनरी चतुर्थको डिजाइनर पनि उनै फर्नान्डो हुन् । नेपालीसेरोफेरो डट कम
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस