काठमाडौँ । आफ्नो स्थापनाको छोटो समयमा विभिन्न व्यवसायमा सफलता हासिल गरेको प्रिज्मा ग्रुपले तिहार अगाडी नेपालकै उत्कृष्ट र सबैभन्दा बढि प्रयोगकर्तामुखी जब पोर्टल लन्च गर्ने तयारी गरिरहेको छ ।
प्रिज्मा ग्रुपको आईटी स्टार्टप रहेको प्रिज्मा सफ्ट प्रा लि को टीमले बनाएको सो जब पोर्टल अहिले सिमित कर्पोरेट हाउसहरुले बिटा टेस्टिङ्ग गर्दैछन भने अर्कोपटी नेपालकै पहिलो डिजिटल मिडिया हाउसको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको नेफारी मिडियाले त्यसको बजार व्यवस्थापन र प्रचार प्रचारको काम गरिराखेको छ।
प्रिज्मा ग्रुपका संचालक अध्यक्ष तथा नेफारी मिडियाका सीइयो राजेन्द्र चटौतले भने ,” हामीले जिम्मेवारी महसुस गरेरै जब क्रेशन र फेसिलेशनतर्फ काम गर्न लागिपरेका छौ । हाम्रो छुट्टै अनुभव छ , पहिचान छ, पूर्वाधार छ त्यसैले हाम्रो कसैसंग प्रतिस्पर्दा छैन । यो पोर्टल जति व्यवसायिक हुन्छ त्यतिनै सेवामुखी हुन्छ। यो रेगुलर जब पोर्टल मात्रै होइन, ईण्टन्सिप र पार्टटाइम समेतको मोडेलमा हामीले काम गरेका छौ। सबैले साथ दिनुभयो भने अवस्य नयाँ फिचरहरु मार्केटलाई दिन्छौं।
निर्माता कम्पनिमा सहायक सीइयो समिर खनालले थपे “प्रिज्माले बजारमा ल्याउन लागेको यो जब पोर्टल हालका सबै जब पोर्टल भन्दा युजर फ्रेण्ड्लि हुनेमा दुईमत छै। उपभोक्ताले यसको प्रावधिक पक्ष निकै मन पराउनेकुरामा हामी विस्वस्त छौ । पोर्टल कुन नाममा लन्च गर्ने भन्ने सल्लाह हुदैछ। छिटै लाईभ हुन्छ। ”
उक्त कम्पनीले आफ्नो प्राईसिङ्ग सम्बन्धी कुनैपनि कुरा सार्बजनिक भने गरिसकेको छैन । श्रोतका अनुसार केहि समित समयको लागि यो न्युज पोर्टलमा विज्ञापन दातालाई निशुल्क सेवा दिने भनिएतापनि कम्पनीले कुनै आधिकारीक घोषणा गरेकोछैन। नेपालमा हाल बेरोजगारीको समस्या मात्रै नभएर रोजगार व्यवस्थापनको समेत समस्या भएको छ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस