चलचित्र ‘छ माया छपक्कै’मा काम गरेपछि नयाँ चलचित्र घोषणा नगरेका कलाकार दीपकराज गिरी र उनको टिमले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने भएका छन् । यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहितसँग दीपकले यसअघि चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए ।
चलचित्रको कथा पनि हेमराजले नै लेखेका हुन् । दीपकराज र उनको टिमले चलचित्रको कथा मन पराएको बताइएको छ । उनीहरु काम गर्नका लागि मौखिक रुपमा सहमत भएपनि लिखित सम्झौता भने भइसकेको छैन ।
यो चलचित्रमा दीपकराज गिरीको साथमा केदार घिमिरे र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहनेछ । दीपकराज गिरीको टिमले चलचित्र ‘छक्का पन्जा ४’ निर्माण गर्ने तयारी पनि गरिरहेको छ । स्रोतका अनुसार यो चलचित्रको छायांकन ‘छक्का पन्जा ४’को छायांकन अघि वा पछि हुनेछ ।
चलचित्र ‘घामड शेरे’ निर्देशन गरेपछि मौन रहेका हेमराजले दीपकसँग पहिलो पटक सहकार्य गर्न लागेका हुन् । दीपक र निर्माता रोहितको सहकार्यमा बनेको चलचित्र ‘छ माया छपक्कै’ले दुई वर्षअघि सर्वाधिक कमाइको रेकर्ड राखेको थियो । स्रोत अनलाईन खबर
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस