मुखको र्याल् भोजनको पाचन प्रणलीको लागी महत्वपूर्ण मानिन्छ। र्याल मा एमाइलेज नामक पाचक पाइन्छ जोसले भोजनम उपस्थित स्टार्चलाई सर्करामा बदलदिन्छ। हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ। आफूलाई मन परेको खानेकुरा देख्नासाथ हामीमध्ये धेरैको मुखबाट पानी निस्कने गर्छ। मिठो खानेकुरा वा अमिलो, पिरो खानेकुरा देख्दा मुखबाट पानी आउनु अनौठो कुरा पनि भएन ।
तर कतिपय मानिसहरुको मुखबाट अनायासै र्याल आउने गर्छ। चाहे त्यो सुत्दा होस् वा कुनै खानेकुरा देख्दा होस्। अझ बच्चाहरुको मुखबाट त अझै बेस्सरी र्याल निस्कने गर्छ। यस्तो विशेषगरी सुतेको समयमा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘ड्रोलिङ्ग’ पनि भनिन्छ। यो समस्या कुनै पनि उमेर समूहमा देखा पर्न सक्छ। र, यसकै कारण धेरैलाई समस्या पर्नसक्छ। यो आफैमा स्वास्थ्य सम्बन्धि समस्या हो, जसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ। यो स्थितिलाई मेडिकल भाषामा हाइपर सालिवेशन भन्ने गरिन्छ । धेरै जसो अवस्थामा यो समस्या अस्थाई हुने गर्छ। तर कतिपय अवस्थामा यो न्युरोलोजिकल डिसअर्डर हुनसक्दछ । जसका कारण मुखबाट निस्केको र्याल रोक्नमा व्यक्ति असमर्थ हुन्छ। यो समस्याले गम्भीर रोगको संकेत समेत गर्ने हुदाँ यदी कुनै व्यक्तिमा र्याल चुहिने समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ। किन हुन्छ यस्तो ?
नाक बन्द भएमा: चिसोका कारण नाक बन्द भएमा पनि मुखबाट र्याल निस्कन सक्छ । विशेषगरी नाक बन्द भएमा नाकले सही तरीकाले सास लिन सक्दैन र मुखबाट सास लिनु परेको कारण सुत्दा खेर मुखबाट धेरै र्याल निस्कने गर्छ ।
सुत्ने पोजिसन नमिलेमा: सुत्ने पोजिसन नमिलेमा गलत तरीकाले सुतेमा पनि मुखबाट र्याल निस्कन सक्छ । विशेषगरी, घोप्टो परेर सुतेमा वा लामो समय एउटै पोजिसनमा सुतेमा पनि मुखबाट र्याल निस्कन सक्छ ।
औषधीको दुष्प्रभाव: केही औषधीहरुमा यस्ता तत्वहरु पाइन्छ, जसका कारण मुखबाट र्याल निस्कन सक्छ । अल्जाइमरको समस्या भएका व्यक्तिको मुखबाट समेत र्याल निस्कन सक्छ।
स्लीप एप्निया: जब शरीरले रातको समयमा सही तरीकाले सास लिनमा असमर्थता जनाउँछ वा सुत्ने समयमा मानिस बढी तनावमा हुन्छ, त्यतिबेला उसले मुखबाट र्याल निकाल्ने गर्छ।
मिठो तथा तातो खानेकुरा: मिठो तथा तातो खानेकुराका कारण पनि मुखबाट र्याल निस्कन सक्छ । कयौपटक धेरै गुलियो, अमिलो तथा तातो खानेकुरा खानाले पनि र्यालको ग्रन्थी ड्यामेज भई उक्त ग्रन्थीबाट धेरै पानी बग्न थाल्छ, र मुखबाट र्याल निस्कन थाल्छ ।
एलर्जीको स´मस्या: शरीरमा कुनै कुराको एलर्जी भएमा पनि र्याल निस्कन सक्छ । यदी कुनै मानिसलाई नाक वा मुख सम्बन्धि एलर्जी भएमा उसको मुखबाट धेरै र्याल निस्कने समस्या उत्पन्न हुने गर्छ । कसैलाई रुघाखोकी बढी भएमा पनि मुखबाट र्याल निस्कने समस्या उत्पन्न हुनसक्छ ।
एसिडिटी: अनुसन्धानकर्ताहरुका अनुसार एसिडिटीको समस्याका कारण पनि मुखबाट धेरै र्याल बग्ने गर्छ । खासगरी एसिड रिप्लेक्स एपिसोडका कार ण पेटमा एसिडिटी हुने गर्छ । जसका कारण अन्ननलीमा एसिडिटी भरिएर र्याल उत्पन्न हुने गर्छ । त्यसैले, एसिडिटीका कारण र्याल बग्न थालेमा तुरुन्तै उपचार गर्न जरुरी छ ।
र्याल ग्रन्थी सुन्निनु: र्याल ग्रन्थीमा कुनै किसिमको समस्या भएमा पनि र्याल ग्रन्थी खराब हुनसक्छ । जसका कारण उक्त ग्रन्थीमा अधिक र्याल जम्मा भई मुखमा पानी बग्ने गर्छ ।
मुखबाट र्याल निस्कन नदिने केही घरेलु उपाय: -सुत्नु भन्दा पहिले एक गिलास पानी पिउने र केही टुक्रा कागती मुखमा राख्नाले पनि मुखबाट र्याल निस्कने समस्या कम हुनसक्छ । -पिठ्युतिर फर्केर सुतेमा पनि र्याल आउन बन्द हुन्छ। -चिसोका कारण नाक बन्द भएमा वाफ लिएमा यसले नाकबाट सास लिन सहायता प्रदान गर्छ। जसका कारण मुखबाट र्याल निस्कने समस्या स्वत कम हुनथाल्छ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस