टोकियो- जापान बिदेशी बिद्यार्थीहरुलाई सहज हुने नियम बनेको छ | यहाँको सरकारले विभिन्न देशबाट अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई सजिलै काम गर्न पाउने गरि नियम पारित गरेको हो |
विदेशी विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्य सहित सन् २०१८ डिसेम्बरमा तयार मस्यौदामा थप खुकुलोपना ल्याउने निर्णय गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले परित गरेको हो |
विद्यार्थीहरुले सजिलै काम पाउने अवसर सिर्जन गर्न र जापानमा रहेका बिदेशीहरुलाई नयाँ रोजगार भिषामा सहभागी गराउने दायरा बढाउन संशोधित नीतिले सहयोग पुर्याउने सरकारी अधिकारीहरुले बताएका छन् ।
नयाँ प्याकेज भित्र विदेशी विद्यार्थीहरुलाई रोजगारी पाउन अवसरहरु बृद्धि गर्ने उपायहरु अपनाउन जापानी कम्पनीहरुलाई सरकारले जानकारी गराउनेछ ।
यसका साथै जापानमा स्नातक तहसम्म अध्ययन गरेर पनि रोजगारी खोज्न नसकेको अवस्थामा उनिहरुले काम खोज्नका लागि जापानमै बस्न पाउने थप भिषा पाउनेछन् । यसको लागि विद्यार्थीहरुले ईन्टर्नसीप आवेदन दिन सरकारी अधिकारीहरुले आग्रह समेत गरेका छन् ।
यसका साथै बिदेशी विद्यार्थीहरुलाई काम खोज्ने अवसर प्रदान गर्न जापानभर हुँदै आएको रोजगार मेलालाई थप स्थानमा विस्तार सहित बृद्धि गरिने भएको छ ।
त्यसैगरी नयाँ रोजगार प्रणाली अन्र्तगत तोकिएको क्षेत्रमा जापानमा काम गर्न चाहने बिदेशीहरुले जापानमा आएर परिक्षा दिन पाउने भएका छन् ।
नयाँ भिषा कार्यक्रमको दायरालाई बढाएर सरकारले व्यापार तथा पर्यटक भिषामा जापान आएका बिदेशीले पनि तोकुतेई गिनोउ प्रणाली अन्र्तगत परिक्षा दिएर जापानमा रोजगार गर्न पाउने मौका दिने भएको हो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस