कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ। चु´पचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ। तर यो बानी नभएर एउटा बि´रामीको संकेत हो। सामान्यतः सबै मानिसले खुट्टा हल्लाउने गर्दछन्। धेरैले यसलाई बानी व्यवहार माने पनि विशेषज्ञ भने बि´रामीको संकेत मान्दछन्।
यसरी खुट्टा हल्लाउने बानी भएकामा हृ´दयाघात हुने खतरा बढी हुन्छ। चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई ’रेस्टलेस लेग सिन्ड्रोम’ भनिन्छ। खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग समेत जोडिएको हुन्छ। हार्वर्ड मेडिकल स्कुल, बोस्टनका प्रमुख अनुसन्धानकर्ता डा. जोन डब्लू विकलम्यानका अनुसार खुट्टा हल्लाउने बानीले पीडित व्यक्तिहरूमा हृ´दयाघातको ख´तरा दुई गुणाले बढ्ने गर्दछ।यस्ता व्यक्तिले निदाउनु भन्दा पहिले दुई सयदेखि तीन सय पटकसम्म खुट्टा हल्लाइसकेका हुन्छन्। खुट्टा हल्लाउनाले र´क्तचाप र मुटुको चाल बढ्छ। पछि गएर यो मुटुको रो´गको सबैभन्दा ठूलो कारक समेत बन्न सक्छ।
अनुसन्धानकर्ता डा विकलम्यानले यो नतिजा ३ हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन्। अध्ययनमा सामेल व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो। तिनको खुट्टा हल्लाउने स´मस्या र मुटु रो´गबीच तुलनात्मक अध्ययन गरियो। सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा खुट्टा हल्लाउने स´मस्या र मुटु रो´गको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो। यति मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च र´क्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृ´दयाघातको जो´खिम झन् बढी हुने गरेको पाइयो।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस