१७ कात्तिक, काठमाडौं । सागर लम्साललाई चिनाउन एउटै उपनाम काफी छ, बले । हास्य टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि उनी ‘बले’ उपनामले चिनिए । अहिले पनि उनी ‘सक्किगो नि’मा ‘बले’ पात्रकै रुपमा देखिँदै आएका छन् । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी निक्कै देखिन्छन् ।
टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त सागरसँग अनलाइनखबरले ‘मेरो जीवनशैली’ स्तम्भका लागि गरेको कुराकानी : बिहान कति बजे उठ्नुहुन्छ ? मेरो उठ्ने समय टुंगो हुँदैन । सुटिङ भएको दिन बिहान ५ बजेभित्र उठिसक्छु । त्यो भन्दा चाँडो कहिलेकाहीं ३ बजे नै उठेर पनि सुटिङमा गइरहेको हुन्छु ।
अरु बेलामा चाहिं ७ देखि ८ बजेभित्र उठ्छु । सुटिङ नभएको दिन उठेपछि बिहानको समय कसरी बित्छ ? बिहान उठेर फ्रेस भएपछि दुईवटा अण्डा खान्छु । त्यसपछि जिम क्लब जान्छु । जिममा कति समय बिताउने, के-के गर्ने भन्ने कुरा ज्यान कत्तिको थकित छ भन्नेमा भर पर्छ । खाना खाने समय कति बेला हुन्छ ?
जिममा एक-डेढ घण्टा समय बिताउँछु । त्यसपछि सिधै घर फर्किंन्छु । घरमा ममीले खाना पकाउनुहुन्छ । म आउँदा खाना पाकेको हुन्छ । १० देखि ११ बजेभित्र खान खाने समय हुन्छ । खानामा के-के हुन्छ ? के मन पर्छ ? त्यही दाल, भात, तरकारी हो । हप्तामा चार दिन त मेरो सुटिङ परिरहेको हुन्छ । सुटिङमा प्रायः माछामासु हुन्छ । घरमा पनि माछामासु बनिरहेको हुन्छ । मलाई खानामा ढिँडो मनपर्छ । घरमा हुँदा प्रायः ढिँडो नै खाइरहेको हुन्छु । खाना बनाउन चाहिं कत्तिको आउँछ ? मलाई बनाउन आउने भनेको चिया, अण्डा र चाउचाउ हो ।
त्यस्तै पानी उमाल्न आउँछ (हाँसो) । अरु केही पनि पकाउन आउँदैन । सुटिङ नहुँदा घरबाहिर कति बेला निस्कनुहुन्छ ? खाना खाएपछि केही समय घरमा भएको कुकुरसँग खेल्छु । त्यसपछि केही समय आराम गरेर बाहिर निस्किन्छु । सुटिङ नभएको दिन कहिले घरको काम परिरहेको हुन्छ । कहिले आफ्नो मिटिङ परिरहेको हुन्छ । कहिले साथीभाइसँग भेटघाट हुन्छ । सुटिङ नहुँदा ११ देखि १२ बजेतिर बाहिर निस्किन्छु । बाहिर जाँदा तयार हुन कति समय लाग्छ ? खासै धेरै समय लाग्दैन, ५-१० मिनेटमा तयार हुन्छु । कपडामा कत्तिको सौखिन हुनुहुन्छ ?
मलाई जे सजिलो हुन्छ त्यही कपडा लगाउँछु । म क्याजुअल कपडाहरु नै बढी प्रयोग गर्छु । कपडामा धेरै ख्याल भने गर्दिन । नयाँ-नयाँ कपडाहरु किनिरहेको हुन्छु । सरर हेर्दा आफूलाई सुहाउने, मन परेको कपडा छ भने किनिहाल्छु । तर, सपिङ नै गर्छु भनेर आजसम्म हिँडेको छैन । कतै जाँदा देखेपछि किन्ने हो । कपडामा मेरो खर्च पनि राम्रै भइरहेको हुन्छ । महिनामा ३०-३५ हजार कपडामा खर्च हुन्छ ।
कपडामा ब्राण्ड नै हेर्नुहुन्छ कि ? कपडामा म ब्राण्ड हेर्दिन । जुत्ता, चश्मा, पर्स, घडी चाहिं ब्राण्डेड नै प्रयोग गर्छु । कपडामा कुन रंग मन पर्छ ? मलाई कालो, सेतो, निलो रंगको कपडा बढी सुहाउँछ जस्तो लाग्छ । तर, अन्य रंगका कपडाहरु पनि प्रयोग गरिरहेको हुन्छु । काम नहुँदाको खाली समय कसरी बिताउनुहुन्छ ? मैले करिअर शुरु गरेपछि खाली समय खासै बिताउनुपरेको छैन ।
४-५ दिनको खाली समय भयो भने म घुम्न निस्किन्छु । कहिले पोखरा, कहिले स्याङ्जा जाने गरेको छु । घुम्नमा एकदमै सौखिन हुनुहुन्छ ? घुम्न रुचि लाग्छ । कहिलेकाहीं म्युजिक भिडियोको सुटिङ सरेको समयमा ‘सक्किगो नि’मा एक भागको लागि बिदा लिने र घुम्न जाने गरिरहेको हुन्छु । ५-६ दिन घुमेर फ्रेस भएर आएपछि एक महिनासम्म प्याक भइहालिन्छ । केही महिनापछि कामको सेड्युल मिलायो, फेरि फ्रेस हुन निस्कियो गर्छु । म पोखरा, स्याङजा बढी जान्छु । इलाम, झापा, विराटनगरतिर पनि पुगिरहेको हुन्छु । धेरै गइरहने र तपाईंलाई मन परेको ठाउँ नि ? सबैभन्दा मन पर्ने र बढी गइरहने ठाउँ पोखरा हो । पोखरामा मेरा धेरै साथीहरु पनि हुनुहुन्छ ।
यात्रा केमा गर्नुहुन्छ ? काठमाडौंभित्र आफ्नो कारमा । बाहिर कहिले प्लाइटमा, अनि कहिले कारमा पनि जान्छु । खानेकुरामा कत्तिको सौखिन हुनुहुन्छ ? म सौखिन नभएको खानेकुरामा हो । यो खान पाए भन्ने केही छैन । सबै खानेकुरा मनपर्छ । अभिनयबाहेक रुचिका कुराहरु ? घुम्ने भइहाल्यो । मलाई नोबेलहरु पढ्न मन लाग्छ । पछिल्लो समय ‘समर लभ’, ‘साया’, ‘चिना हराएको मान्छे’, ‘महको म’ लगायतका नोबेल पढेको छु । मेरो अर्को रुचि फुटबल खेल्ने पनि हो । तर, कामका कारण धेरै फुर्सद नहुनाले अरु केही गर्न पाएको छैन ।
आफ्नो नजरमा तपाईं कस्तो व्यक्ति ? म अलिकति कोमल मनको छु । बोलिन भने म बोल्दै बोल्दिन, बोले भने धेरै नजिक भएर कुरा गर्छु । अरु त आफ्नो स्वभाव आफूले के भन्ने । नजिकका साथीहरुसँग आजसम्म रिसाएको थाहा छैन । आफ्नो मन पर्ने र मन नपर्ने स्वभाव ? मन नपर्ने स्वभावमा मैले डेलिलाइफ सेड्यूल बनाएको छैन । सेड्युल बनाउनुपर्ने हो । मन पर्ने बानी त आफूले कसरी भनौं । सोचेको पनि छैन, अब चाहिं सोच्ने मौका पाएँ ।
घर कति बेला फर्किनुहुन्छ ? सुटिङमा हुँदा टुंगो नै हुँदैन । सुटिङ कहिले ६ बजे सकिन सक्छ, कहिले ८ बजे । कहिले आज गएर भोलि बिहानसम्म सुटिङ गरेर आएर सुतिन्छ । सुटिङ नहुँदा घर फर्किने समय ८-९ बजे हो । खाना खाने समय ? मेरो ठ्याक्कै यति भन्ने हुँदैन । घर पुग्ने समय कति बेला हो, त्यसमा भर पर्छ । घर पुगेको आधा घण्टापछि खाना खान्छु । खानाको आजसम्म सेड्युल नै बनाएको छैन । सुत्दा कति बज्छ ?
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस