शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो ।
आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने घटेको छ । आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रो कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस