काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै एक उत्कृष्ट खेलाडी गोलकिपर हुन्। उनको त्यो उत्कृष्ट गोलरक्षक क्षमता देखेर नै सबै नेपालीहरु अहिले उनका फ्यान बनेका छन्।
चेम्जोङ गत वर्ष जस्तै यो वर्ष पनि सर्वाधिक चर्चा बटुल्ने खेलाडी बनेका छन्। उनले आफूसँगै नेपालको नाम पनि चम्काए। ३१ वर्षीय किरणले ११ वर्षको उमेरदेखि नै फुटबल समातेका थिए। सानै उमेरबाट गोलमा रुचि राख्ने किरण उचाईमा आफ्नो उमेरका साथीभन्दा अग्ला थिए। त्यहि भएर जहिल्यै उनका साथीले उनलाई किपर नै राख्ने गर्थे।
खेलमा निकै राम्रो सुधार गरेपछि उनको खेलको चर्चा साथीभाइमा मात्र नभएर गाउँमा, विद्यालयमा, जिल्लामा चल्न थाल्यो। विद्यालयबाट खेल्ने क्रममा नै उनलाई यू १६ को छनोटका लागि काठमाडौं बोलाइयो। उनी त्यस समयमा त्यस्तै १३, १४ वर्षका थिए। काठमाडौं आएपछि यू १६, यू १९ हुँदै राष्ट्रिय टिमको यात्रा तय गरेका किरणले सन् २००८ देखि मच्छिन्द्र क्लबबाट खेल्न थाले। बाध्यताले किपर बस्नुपरे पनि विस्तारै यही स्थानमा बस्न उनलाई राम्रो र रमाइलो लाग्न थाल्यो जसका कारण आज त्यहि स्थानमा आफ्नाे नाम दर्बिलो तरिकाले ठड्याएक छन्।
कति छ किरणको सम्पति ?
पछिल्लो समय पहिले भन्दा नेपालले अहिले खेलसंगै खेलाडिको जीवन पनि निकै सुधारेको छ। जसका कारण नेपाली खेलाडीलाई धेरै त हैन केहि हद सम्म राहत मिलेको छ। धेरै खेलाडीलाई खान बस्न नै धौधौ परेको समयमा भने नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भने निकै राम्रो कमाउनेमा पर्दछन्।
अहिले उनले महिनामा १ लाख देखि ३ लाख सम्म कमाउने गर्दछन् भने उनको अहिले सम्मको सम्पति लगभग १ करोड रहेको छ। साथै किरणसंग अहिले एउटा स्कोडा र्यापिड कार रहेको छ। जसको मूल्य नेपाली बजारमा ३९ लाख रहेको छ। उनी पनि नेपालका धनी र नामी खेलाडि भित्र पर्दछन्।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस