गुण्डु, सूर्यविनायक–७ जाँदा रूपा बस्नेत मखमली फूल टिप्दै थिइन्। सबेरै बारीमा छिरेकी रूपालाई फूल टिपिसक्न बिहानभर लाग्छ । ‘दिउँसो चर्को घाममा फूल ओइलाउँछ। त्यही भएर बिहानैदेखि टिपेको,’ उनले हातको फूल बाल्टिनमा खन्याउँदै भनिन्, ‘बस्दै गर्नुहोस्, आइहालेँ।’
उनको पर्खाइमा हामी बारीको डिलमै बस्यौं । अरू समयमा पनि व्यस्तै रहने रूपालाई नजिकिँदो तिहारले झनै भ्याइनभ्याइ गराइदिएको थियो । उनको अहिने न बिहानको खानाको ठेगान छ न दिउँसो खाजाको। एउटै मात्र कुरा मनमा खेल्छ–माला कहिले उनेर सक्ने!
उनलाई तिहारका लागि दस हजार मखमली मालाको माग आएको छ। त्यही माला तयार गर्न उनी लागि परेकी छिन्। केही माला त बनाएर बजार समेत पठाइसकिन् । ‘धेरै माला त उनेर सकियो। अब बाँकी रहेका फूल पनि उनेर छिट्टै बजार पठाउनु पर्छ,’ रूपाले भनिन्, ‘अहिले पठाएन भने पछि बेच्न गाह्रो हुन्छ।’
उनलाई माला उन्न दिदीहरूले सघाउँछन्। पहिले त उनले सिजनका बेला गाउँका दिदीबहिनीलाई बोलाउँथिन्। अहिले गाउँमा मान्छे नपाएपछि उनले आफ्नै दिदीलाई बोलाइन् । ‘गाउँमा काम गर्ने मान्छे छैनन्। भ्याउँदैनौं भने। त्यही भएर एक-दुई दिन सघाउन दिदीलाई बोलाएकी छु,’ २७ वर्षीया रूपाले भनिन्।
रूपा बस्नेत परिवारकी कान्छी सदस्य हुन्। उनका चार जना दिदीहरू छन्। आमा गृहिणी र बुवा जागिरे हुन्। परिवारको आयको मुख्य स्रोत बुवाको जागिर नै हो । मखमली फूलको काम सकिएपछि तुरून्तै सयपत्रीको माला तयार गर्नुछ।
उनका अनुसार सयपत्री केही माला बिक्री हुन्छ भने केही गुच्छा नै बिक्छ । रूपाले फूलको व्यवसायिक खेती गर्न थालेको चार वर्ष मात्र भयो। ०६७ सालमा एसओएस हर्मन माइनर स्कुलबाट एसएलसी दिएपछि उनी ग्लेसियर इन्टरनेसनल कलेजमा विज्ञान पढ्न भर्ना भइन्। दुई वर्ष पढेपछि उनको अध्ययनको विषय फेरियो।
हिमालय कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजीमा उनी कृषि विधामा स्नातक पढ्न थालिन्। परिवारका कुनै सदस्य न कृषि पेसामा लागेका न आम्दानीको स्रोत कृषि। रूपालाई कृषि पढ्न कसरी रूचि लाग्यो ? कृषिमा राम्रो भविष्य देखेर यही विषय रोजेको रूपा बताउँछिन् । स्रोत सेतोपाटी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस