मो´टो हुन कसैलाई मन पर्दैन। प्रायःजसो सबै मानिस स्लिम र पा´तलो हुनै रुचाउँछन्। तथापी आधुनिक जीवनशैली र खानपानको ला´परबाहीका कारण मानिस मोटोपनको शि´कार हुन्छन्। यस्तोमा आफ्नो शरीरको वजन कसरी कम गर्ने त ?
१) दिनको शुरुवातमा कागती पानी: यदि अ´नावश्यक रुपमा बढेको भद्दा शरीर घ´टाउन चाहानुहुन्छ भने हरेक दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । यसले पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न र मेटाबोलिजम दुरुस्त राख्न मद्दत गर्दछ।
२) उसिना चामलको सेवन: यदि तपाईलाई खानामा भात नभई हुदैन भने सेतो चामलको सट्टा खैरो चामल वा उसिना चामलको भात खानुहोस् । त्यो पनि कम मात्रामा । यदि सक्नुहुन्छ भने खानामा रोटी, ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस्।
३) गुलियोबाट टाढिनुहोस्: यदि मोटोपन कम होस् भन्ने चाहानामा हुनुहुन्छ भने गुलियो स्वाद वा मिठाईबाट टाढिनुहोस् । मिठाई तथा तैलीय पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् र दीर्घकालसम्म रहन्छन्।
४) प्रशस्त पानी पिउनुहोस्:मो´टोपन घटाउन प्रशस्त पानी पिउनु पर्दछ । मो´टोपन घ´टाउन यो सहज, सस्तो र सुलभ उपाय हो । पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ।
५) काँचो लसुन खानुहोस्:बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो लसुन खाने बानी बसाउनुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान बिहान नियमित लसुनको २–३ पोटी चपाएर कागती हालेको तातोपानीमा पिउनाले बोसो घ´टाउन मद्दत गर्छ।
६) माछामासुबाट टाढा:माछामासुजन्य मांसहारी भोजन पनि मोटोपन बढाउने कारण हुन्। यसको अत्यधिक सेवनले स्वास्थ्यसम्बन्धी बिभिन्न स´मस्याहरु उत्पन्न गर्छ। त्यसैले यस्ता भोजन त्याग्नुहोस्।
७) सागसब्जी बढि खानुहोस्:प्रायः मानिस भात वा रोटी धेरै खाने र तरकारी कम खाने गर्दछन्। तर खानामा प्रशस्त फल र सागसब्जी सामेल गरेमा यो माे टोपन घटाउन साथै स्वास्थ्यकालागि फाइदाजनक हुन्छ। यसबाट पेट पनि भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ।
८) मसलेदार खाना कम खानुहोस्: खाना पकाउँदा मसलाको प्रयोगमा कमी ल्याएमा तौल नियन्त्रण रहन सक्छ। मसलामा पनि दालचिनी, अदुवा तथा मरिचको प्रयोग गरेमा यी मसलाका कारणले इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा कम गर्छ र स्वास्थ्यमा पनि लाभ पुर्याउँछ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस