प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरू कुनै बिकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताए । बिघटित प्रतिनिधिसभाका सदस्यको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको बताएका हुन् ।उनले विचार, संगठन र गन्तब्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी बिग्रहतिरको बाटोमा अग्रसर भएको बताए । चिनियाँ ठेकेदारहरु कार्यरत यी तीनवटै आयोजना गत फागुनदेखि नै कोरोनाबाट प्रभावित थिए । चीनमा कोरोनाले महामारीको रुप लिएपछि आयात हुनुपर्ने चिनियाँ उपकरण, आउनुपर्ने प्राविधिक उतै रोकिएका थिए । अवस्था सहज बनेर विस्तारै निर्माणको काम अघि बढ्दै गर्दा यी आयोजनामा राजनीतिक संक्रमणको प्रभाव देखिने अवस्था आएको छ । काम सक्नेभन्दा विभिन्न बहनामा म्याद थप्ने अभ्यास विगतबाटै हुँदै आएको छ । यस्ता आयोजना बुझेका मन्त्रीहरुको राजीनामासँगै निर्माण सकिने मिति पछाडि धकेल्न सहज अवस्था बनिदिएको छ ।
ऊर्जा मन्त्रालयका एक अधिकारी नेपाल विद्युत प्राधिकरण अन्तरगतका अन्तिम चरणमा पुगेका आयोजनाहरु सक्ने वातावरण बिथोलिएको बताउँछन् । उनका अनुसार तत्कालै नयाँ मन्त्री आए पनि अब अन्तिम चरणमा पुगेका आयोजनाले गति लिइहाल्ला भन्ने अवस्था छैन । प्राधिकरणको सहायक कम्पनीले बनाइरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना अन्तिम चरणमा छ । यही बेला आयोजनाका ठेकेदारहरुले विभिन्न बहना बनाउँदै थप भुक्तानीको दावी पेश गरेका छन् ।ठेकेदारको दावी भुक्तानी जटिल विषय हो । यस्तो निर्णयहरु लिँदा जोखिम मोल्नुपर्छ । ‘नयाँ ऊर्जामन्त्री आइहाले पनि यस्ता नीतिगत निर्णयमा कलम चोप्ने आँट गर्न गाह्रो हुन्छ’, मन्त्रालयका ती अधिकारी भन्छन्, ‘त्यसमाथि प्राधिकरणमा पनि नयाँ कायममुकायम नेतृत्व छ, जसले आयोजनाका विभिन्न पक्षलाई बुझ्न नै बाँकी छ ।’ ऊर्जा मन्त्री नै विद्युत प्राधिकरणको सञ्चालक समिति अध्यक्ष हुन्छन् । राजीनामा दिएका उर्जामन्त्री पुनले आयोजनाको प्राविधिक, आर्थिक तथा प्रशासनिक पक्षलाई बुझेका थिए । नयाँ मन्त्री आएपछि आयोजनालाई टुंग्याउने बेलामा गर्नुपर्ने विभिन्न नीतिगत निर्णयहरु फटाफटी हुनेमा मन्त्रालयका कर्मचारीहरु आशंका व्यक्त गर्छन् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस