सामान्यभन्दा फरक (बाङ्गो) खालको दाँतलाई सही बनाउने उपकरणलाई टिथ ब्रेसेस भन्ने गरिन्छ । यसलाई दाँतमा तार लगाउने प्रक्रिया पनि भन्ने गरिन्छ । भद्रगोल रूपमा रहेको दाँतलाई टिथ ब्रेसेसले एउटै पङ्क्तिमा ल्याएर सिधागर्ने गर्छ। यसले भोजन चपाउने प्रक्रिया र दाँतको स्वास्थ्यमा समेत सुधार आउने गर्छ । ब्रेसेस दाँतको बीचको खाली ठाउँ भर्न समेत उपयोगी हुन्छ ।
टिथ ब्रेसेसको उपयोग प्रायः त्यतिबेला गर्ने गरिन्छ जब तल्लो या माथिल्लो बंगाराको दाँत केही बाहिर निस्किएको हुन्छ । दाँत सही पङ्क्तिमा नहुनु या अघिपछि भएको अवस्थामा ब्रेसेसको आवश्यकता पर्छ । दुवै बंगाराको बीचको दाँत आपसमा मिल्दैनन् या दाँत अधिक भित्र या बाहिर भयो भने ब्रेसेसको आवश्यकता पर्ने गर्छ ।
दाँत सिधा बनाउने प्रक्रिया वा टिथ ब्र्रेसेस के हो रुस् टिथ ब्रेसेसमा तारवाला उपकरण हुन्छ । जसको उपयोग चलाउन अभ्यस्त भइसकेको अर्थोडेन्टिस्टले अस्तव्यस्त वा बाङ्गो दाँतलाई मिलाउन प्रयोग गर्ने गर्छन् । सानै उमेरमा दाँत बिग्रिएका मान्छेले किशोरावस्थामा नै यसलाई सिधा बनाउनु ठीक मानिन्छ ।
यद्यपि वयस्क उमेरमा पनि यसलाई सिधा बनाउनु गलत भने हुँदैन । दाँतमा तार लगाएर त्यसलाई मिलाउनुको अर्थ एकातिर केही दिनमा दाँतको व्यवस्थापन भएर सामान्य अवस्था बनोस् भन्ने हो भने अर्को खाएको कुरा राम्रोसँग चपाउन सकियोस् भन्ने हो।
दाँतको सामान्य सुधारको लागि एक अर्को विकल्प पनि छ । यसमा अलग प्रकारको उपकरणको समेत प्रयोग गर्न सकिन्छ । जसलाई अलाइनर या इनभिजिबल ब्रेसेस भन्ने गरिन्छ । यो उपकरण अनुसार हामीले यसलाई आवश्यक परेको बेलामा दाँतबाट हटाउन पनि सक्छौं । किनकि साधारण ब्रेसेसको जस्तो यो तारबाट बाँधिएको हुँदैन ।
यो पारदर्शी पनि हुन्छ यसकारण वयस्क मान्छेका लागि यो बढी स्वीकार्य छ । क्लियर अलाइनरबाट दाँतलाई सही दिशामा ल्याउन धेरै समय लाग्न सक्छ । तर पनि यसको नियमित उपयोग गर्दा अधिक प्रभावशाली हुने गर्छ । कैयौं मान्छे दाँतको समस्याबाट गुज्रिएका हुन सक्छन् । त्यसको लागि भने फिक्स ब्रेसेस नै उपयुक्त हुन्छ ।
यो मेटलको त्यो ब्रेसेस वा तार हो । जसको नाम लिनेबित्तिकै फोटो धेरैको दिमागमा आउन सक्छ । आधुनिक ब्रेसेसको आकारमा सानो र बाहिरका मान्छेले कम ध्यान दिने खालको हुन्छ । साथमा शरीरको गर्मीको उपयोग गरेर दाँतलाई छिटै नै सही गरिदिने खालको ब्रेसेस पनि पाउने गरिन्छ । यो प्रकारको ब्रेसेसमा अरुको तुलनामा कम दुखाइ हुने गर्छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस