सत्य युगमा जब भगवान बिष्णुले मत्स्यावतार लिनुभएको थियो त्यो समय मनु महाराजले मान्छेले देख्ने शुभाशुभ स्वप्नको फलको बारेमा सोध्नु भएको थियो । मनु महाराजले आफ्नो मनको जिज्ञासा शांत गर्न मत्स्य भगवान सँग सोध्नु हुन्छ कि हे भगवान मान्छेहरु अनेक प्रकारका सपना देख्छन यसको शुभ अशुभ फल के हुन्छ ? बताउने कृपा गर्नुहोस । यही मत्स्यपुराण अनुसार तपाईं पनि जान्नुहोस यी सपनाको अर्थ
चन्द्रमाबाट झरेको पानीले नुहाउनु यदी सपनामा चन्द्रमाबाट झर्दैगरेको पानीले नुहाएको देखेमा कुनै शुभ समाचार प्राप्त हुने मानिन्छ । यस्तो सपना देखिए रोकिएको धन प्राप्त हुन सक्छ । काटिएको टाउको देख्नु यदी सपनामा काटिएको टाउको देखियो भने ब्यापारमा फाईदै फाईदा हुन्छ ।
सपनामा आफ्नै मृत्यु भएको देख्नु यदी सपनामा आफ्नै मृत्यु भएको देख्नाले आयु बढ्ने मानिन्छ । सपनामा आफ्नै घरमा आगो लागेको देखेमा यदी सपनामा आफ्नै घरमा आगो लागेको देखेमा बुझ्नु पर्छ कि उसको प्रगती हुन्छ ।
यदी घरमा हात्ती आएको देखेमा यदी हात्ती आएको वा हात्ती मात्र देखे पनि बुझ्नु पर्छ कि माता लक्ष्मीको आगमन हुँदै छ । सपनामा आँफै रोएको देखेमा यदी सपनामा आँफै रोएको देखेमा बुझ्नु पर्छको सबै दु:ख अब पखालिएर जादै छ्न सुख आउँदै छ ।
यदी गाईले बच्चा पाउदै गरेको देखेमा खुशीको खबर सुन्न पाईन्छ । यदी कुनै सुन्दरी घरमा आएको र उसँग अंकमाल गरेको देखे पनि राम्रो हुने मानिन्छ । यदी सपनामा देबता देखिए बुझ्नु पर्छकी कुनै मेहनत बिनानै धन र सुख प्राप्त हुन्छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस